२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

एनआरएन कतार : सदस्यमा सर्बाधिक मत रमेशलाई दोश्रोमा सन्तोष पौडेल

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको (२०२३- २०२५ ) कार्यकालको निर्पवाचनमा सर्वाधिक मत युवा ब्यावसायी तथा समाजसेवी व्यक्तित्व रमेश के सी ले प्राप्त गरेका छन् l उनले ४ हजार ९ सय नब्बे मत प्राप्त गरेका हुन् l त्यस्तै सर्वाधिक मत ल्याउने अर्का युवा अभियन्ता तथा समाजसेवी सन्तोष पौडेल हुन् l पौडेलले ४ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् l पौडेल २०२१-२०२३ कार्यकालका समेत कार्यासमित सदस्य साथै  बागलुङ सेवा समाज, दोहा-कतार का अध्यक्ष समेत हुन् l डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान गराइएको थियो ।दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए । ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा कुल ६२.८० प्रतिशत अर्थात ५ हजार ६ सय २१ जनाले मात्र मतदान गरेका थिए । हिजो शनिबार दशौँ महाधिवेशनमा निर्पवाचित सम्दपूर्ण ले पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि एनआरएनए उपाध्यक्ष शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस