२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

एनआरएनए कतार २०२३-२०२५ : प्रथम उपाध्यक्षमा कृष्ण पन्थी बिजयी

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको लागि प्रथम उपाध्यक्षमा नवलपरासीका कृष्ण पन्थी बिजयी भएका छ्न ।

प्रथम उपाध्यक्षका प्रतिद्धन्दि बिनोद प्रसाद बसौलालाई ८ सय ९५ मतले पराजित गर्दै पन्थी निर्बाचित भएका हुन । पन्थीले ३ हजार २ सय ५३ मत ल्याउँदा बसौलाले २ हजार ३ सय ५८ मत पाएका थिए ।

नेपालको नवलपरासी बर्दघाटमा जन्मेका पन्थी वैदेशिक रोजगारको शिलशिलामा सन् २००४ मा कुवेत पुगेका थिए भने अहिले उनी सन् २०१४ देखि कतारमा कार्यरत छन्।

एनआरएनए एनसीसी कतारको विभिन्न टास्क फोर्स अन्तर्गत श्रमिकको को यु पि ए संयोजक तथा मनोनित कार्यसमिति सदस्य रहेका उनी एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै कतारमा विभिन्न तहतप्कामा रहेका नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए कतारको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गरेका थिए ।

नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजेसम्म अनलाईन माध्यम बाट सम्पन्न भएको थियो ।निर्वाचनमा जम्मा ६२.८०% मत खसेको कार्यसमिति चयन संयोजक क्रान्ति सिंहले जानकारी गराए l

त्यसैगरी ६ पदको आइसिसी सदस्यमा दुर्गा प्रसाद प्याकुरेल, बिक्रम कार्की, तेज कटुकाल, प्रेम बहादुर चलाउने, दिप जङ शाह तथा श्री कृष्ण भट्टराई छन निर्बाचित भएका छन । कार्यसमितीको अध्यक्षमा रमेश भट्ट

प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब राज कार्की, तृतिय उपाध्यक्षमा सन्दिप कुमार भट्टराइ तथा महिला उपाध्यक्षमा नानु घले ब्लोन निर्बाचित भएका छन ।

महा सचिबमा रबिन मगर, सचिबमा ओम बहादुर क्षत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा निर्बाचित भएका छन भने कोषाध्यक्षमा बुद्ध बहादुर पाण्डे, सह कोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती सँयोजक कबिन्द्र कँडेल र लेखा समिती सदस्यमा बिकास लामा र गिरीराज दुवाडी निर्बाचित भएका छन ।

युवा उपाध्यक्ष सुबास बहादुर थापा, महिला सँयोजक शुष्मा खतिवडा कटुवाल तथा युवा सँयोजकमा महेन्द्र सिह तमाङ यसअघि नै निर्बिरोध निर्बाचित भएका थिए ।

नवनिर्वाचित सम्पूर्ण ले हिजो शनिबार दशौँ महाधिवेशनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि एनआरएनए उपाध्यक्ष शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिएछ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस