२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

एनआरएनए कतारको प्रवक्तामा सन्तोष केसी

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको (प्रवक्ता ) सन्तोष केसी चयन भएका छ्न ।

दोहा नज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा संघका अध्यक्ष रमेश भट्टको सभापतित्वमा सम्पन्न पहिलो बैठकबाट (२०२३ -२०२५ ) कार्यकालको लागि सदस्यमा निर्वाचित केसी लाई, सर्बसहमती बाट निर्णय गरि संघको प्रवक्तामा चयन गरिएको हो ।

सन २०१० मा कतार छिरेका उनले अर्घाखाँची सेवा समाज कतार, सन्ध्याग्रुप अलखोर, र एनसिसि कतारको प्रचार बिभाग समिती सहित सक्रिय रुपमा सामुदायिक पत्रकारिता गर्दै आइरहेका छ्न ।

२०२३ -२५ कार्यकालको लागि डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान भएको थियो । दुई प्यानलको बिच भएको सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा रहेकोमा केसीले ३ हजार चार सर छयालीस मत ल्याएर सदस्य पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस