२०८२ असोज २९ गते बुधवार | 2025 October 15th Wednesday

एनसीसी कतारले राजदुतावासमा श्रमीक हेल्प डेस्क स्थापना गर्ने

दोहा-गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली राजदुतावासमा श्रमीक हेल्प डेस्क स्थापना गर्ने भएको छ ।

एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले दुतावास पुग्ने श्रमीकको सहयोगको लागि नियमित कर्मचारी रहने गरि दुतावास सँग समन्वय गरेर हेल्प डेस्क खोल्ने निर्णय गरेको हो ।

राजदुतावासमा पुग्ने श्रमीकहरुले फोटेकपी गर्न, राहदानी रिन्यु लगाएतका फाराम भर्न समस्या भोगीरहेको अवस्थालाई मध्यनजर गर्दे फोटोकपी मेशीन सहित कर्मचारी रहने गरि हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष रमेश भट्टले बताएका छन।

हेल्प डेस्क सञ्चालनको लागि आवश्यक खर्च एनसीसी कतारबाट नगरी विभिन्न स्रोत बाट लिइने संस्थाका प्रथम उपाध्यक्ष एवं सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभागका संयोजक कृष्ण पन्थीले जानकारी दिए।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बसेको पहिलो कार्यसमिति बैठकले महत्वपुर्ण थुप्रै निर्णयहरु गरेको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस