२०८१ कार्तिक ४ गते आइतवार | 2024 October 20th Sunday

कतार नेपाली एकता समाजको नेपाली दूतावास संग परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न

दोहा : कतार नेपाली एकता समाजले, नेपाली राजदूतावास कतारसंग परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।समाजका अध्यक्ष राम प्रसाद पराजुलीको नेतृत्वमा नेपाली राजदुतावासका राजदुत डा. नरेश बिक्रम ढकाल संग भेटघाट गरिएको हो ।

पछिल्लो समय कतारको नेपाली समाजमा देखिएका दु:खद घटना हरु , नेपाली श्रमिक हरुको समस्या लगाएत विभिन्न समसामयिक विषयमा छलफल एवं वार्तालाभ भएको जनाइएको छ ।

आफ्नो ब्यस्त समयका बाबजुद पनि समय उपलब्ध गराई छलफल एवं वार्तालाभ गर्ने अवसर मिलाउनु भएकोमा  महामहिम राजदुत डा.नरेश बिक्रम ढकाल र प्रथम सचिव भुवन प्रसाद भट्टलाई धन्यवाद प्रकट गरिएको एकता समाज कतारले जनाएको छ ।

भेटवार्ताको क्रममा आगामी दिनमा कतारमा रहेका नेपाली श्रमिक हरुको समस्या समाधान र श्रमिक हरुको हक हितमा हुने कामको लागि एकता समाजले दुतावास संग सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता जनाउदै भेटघाट  सम्पन्न भएको छ ।

साथै सो अवसरमा कतार नेपाली एकता समाजले २८/०६/२०२३ मा सम्पन्न तेश्रो राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रिय समितीको नामावली समेत दुतावासलाई हस्तान्तरण गरेको थियो ।भेटघाट कार्यक्रममा समाजका विभिन्न पदाधिकारी तथा कार्यसमिति सदस्य हरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस