२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा २९ औं विश्व आदिवासी दिवस सम्पन्न

दोहा – आयोजना तथा महासंघ कतारमा आवद्ध १४ मातृ संस्थाहरुको सकृयतामा २९ औं विश्व आदिवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।

“पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं”, भन्ने मुल नाराका साथ कतारमा पनि २९ औं विश्व आदिवासी दिवस तथा शुभकामना आदानप्रदान -प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको हो ।

विभिन्न मातृ संस्थाहरुको मौलिक झाँकी, नृत्य लगायतका मनोरञ्जनात्मक सांस्कृतिक र शुभकामना मन्तव्य रहेको कार्यक्रममा उपस्थित सबै उमेर समूहका व्यक्तिहरु आफ्ना मौलिक भेषभुषामा सजिएर रमाएका थिए ।

संस्थाका अध्यक्ष डिएन मगरको सभापतित्वमा,पुर्व अध्यक्ष पुरुषोतम सुनुवारको प्रमुख आथित्यमा संचालन गरिएको कार्यक्रममा ब्यानर उट्घाटन,दिप प्रज्वलन गर्दै औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष भाइ काजी गुरुङले स्वागत मन्तव्य राखेका थिए।

संस्थाको धारण सहित कार्यक्रमको औचित्यको बारेमा प्रथम उपाध्यक्ष एकराज राइले राखेका थिए । त्यस्तै १४ मातृ संस्थाहरुका कलाकारहरुले मौलिक भेषभुसामा सजिदै ” हामी आदिवासी हौं, जनजाती हौं बोल्को गीतमा स्वागत नृत्य गीत पस्किएका थिए ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनुवारले २९ औं विश्व आदिवासी जनजाती दिवसको अवसरमा शुभकामना व्यक्त गरे । बिश्वमा आदिवासी जनजातीको हरुको आफ्नै भाषा,धर्म सस्कृती, रितिरिवाज परम्परा अग्र स्थानमा रहेको समेत बताउदै सबैजना यस्लाइ संरक्षण प्रबर्द्धन गर्नुपर्नेमा आफ्नो मत जाहेर गरे ।

कार्यक्रममा एनसिसि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी लगायत कतारमा स्थापित विभिन्न बैचारिक संस्थाका प्रमुख महासंघ भित्र रहेका मातृसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुहरुले २९ औं विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गरेका थिए l त्यस्तै एनसीसी कतारमा आबद्ध निबर्तमान ६ जना पदाधिकारीलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।

महासचिव धिरेन तामाङले सहजिकरण गरेको कार्यक्रममा संस्थाका अध्यक्ष तथा कार्यक्रम सभापति डिएन मगरले मन्तव्य राख्दै महासंघ कतारलाई अझै सकृय रुपमा अघिबढाउन कटिबद्ध भएर लागि पर्ने प्रतिबद्धताका साथ कार्यक्रम सम्पन्न गर्न खट्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९३लाई विश्व आदिवासी वर्षका रूपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको
हो ।

नेपाल आदिवासी जनजाति महासंघ कतारमा १४ मातृ संस्थाहरु नेपाल मगर संघ,किरात याक्थुङ चुम्लुङ , तमु (गुरुङ) समाज, किरात राई यायोक्खा, नेपाल प्रवासी तामाङ समाज कतार,थारु कल्याणकारिणी सभा, सुनुवार सेवा समाज, प्रवासी भुजेल समाज,नेवा पुचः माझि सेवा समाज,नेपाली धानुक समाज,शेर्पा किदुंग, प्रवासी दनुवार संगठन, ताजपुरिया समाज कल्याण परिषद रहेका छ्न ।

प्रकाशित मिति : २०८० साउन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस