२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

अनेसास कतार च्यापटरको अध्यक्षमा कार्की महासचिवमा पराजुली

दोहा,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरको दसौं अधिवेशन भब्य र सभ्यरुपमा सम्पन्न भएको छ । सनैया स्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नवनिर्वाचित समितिमा अध्यक्ष लेख कार्की , प्रथम उपाध्यक्ष यादव रेग्मी, द्वितिय उपाध्यक्ष दीप मिलन, महासचिव दिलिप पराजुली, सचीव खेमराज सुबेदी, कोषाध्यक्ष चक्र कार्की, सह – कोषाध्यक्ष बिन्दा लामा, रहेका छन् भने सदस्यहरूमा क्रमशः लिलानाथ घिमिरे, सानू थपलिया , सोम थापा, शोभाराम ओलि, शिव सुबेदि र गोबिन्द उदासी रहेका छन् ।

कार्यक्रममा दोहामा रहेका विभिन्न साहित्यिक, सामाजिक , जातिय र बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
अनेसास नवोदित साहित्यिक वाचन डबलीका स्थापना कालदेखि अहिलेसम्मका विभिन्न बिशिस्ट श्रोताहरूसमेत रहेको कार्यक्रममा ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रियगानसँगै शुरु भएको कार्यक्रममा पाँच जना गजलकारहरूका १५ वटा गजल वाचन गरिएका थिए । गजलकारहरू खिम पुन, गोबिन्द उदासी, शिब सुबेदी, बिनोदबाबु अधिकारी र कृष्ण सुधामाले अधिवेशन हललाई गजलमय बनाएका थिए ।



कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्यि समाज कतारका पूर्वअध्यक्ष सिताराम थापालाई प्रवासमा रहेर पनि नेपाली साहित्यलाई पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए साथै विभिन्न सामाजिक संस्थालाई संस्थागत सम्मान गरेका थिए । कार्यक्रममा पूर्वविशिस्ट श्रोता सागर नेपाल र पबित्रा खड्का समेत प्रशस्ती पत्रबाट सम्मानित भएका थिए ।

कार्यक्रममा गैह्रआवासिय नेपाली संघका सचिव सन्तोष क्षेत्रीले अनेसास कतारले गरेको कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी करिम बक्स मियाले साहित्यिक संस्थाको कार्यक्रमबाट धेरै कुरा सिक्न पर्ने बताए । समयको एकदम महत्त्व बुज्ने यो संस्था तोकेको समयमा कार्यक्रम सक्ने एउटै मात्र संस्था रहेको बताए ।
कार्यक्रमका सभापति मणि पौडेलले उपस्थित सबैलाई हार्दिक आभार प्रकट गर्दै आउने दिनहरूमा पनि यसरी नै सबै संस्थाहरु संघ हातेमालो गर्दै अघि बढ्ने बताए । कार्यक्रमलाई संस्थाका सचिव दीप मिलनले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस