२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

व्यानरमा त्रुटि सच्चिएन (संविधान दिवस २०80, २०८0)

दोहा । झट्ट हेर्दा संविधान दिवस लेखिएको ब्यानर ठिकै लागे पनि व्यानरमा लेखिएको अक्षरले फरक संकेत गरेको थियो ।
व्यानर देखेर उपस्थित केहि प्रतिनिधिहरुले मुखामुख गरे, कसैले साथीहरुसंग भित्रभित्र प्रसङ्ग बस गाईगुई गरेको पनि सुनियो।

व्यानरमा लेखिएका शब्द नेपाली र अङ्ग्रेजीमा मिसिएका थिए । सुरुमा व्यानरमा संविधान दिवस २०80 अक्षरमा ( दुई, शुन्य, एट, जिरो ) थियो । पछि सच्चिएर संविधान दिवस २०८0 (दुई, शुन्य, आठ, जिरो ) हुदा पनि भाषा गत त्रुटि सच्चिएन । उपस्थित मुखामुख गरे पनि मञ्च सम्म कुरा पुगेन, अनि मञ्चमा गएर शुभकामना दिने र कार्यक्रमलाई सहजीकरण गर्ने प्राबिधिकको समेत ध्यान त्यता नजादा व्यानरले सबैलाई गिज्याई रहेको देखिन्थ्यो ।

संविधान दिवसको उपलक्ष्यमा हप्ता दिन पहिल्यै सूचना जारी गर्दै सबैलाई निमन्त्रणा गरेको दूतावासले व्यानरमा किन यस्तो हेलचक्राई गरेको होला । हेर्दा साधारण देखिए पनि दूतावासमा  भएको संविधान दिवसको कार्यक्रममा आकर्षणको केन्द्रमा रहेको व्यानरमा नै त्रुटि हुनु भनेको जिम्मेवार सम्बन्धित व्यक्तिले खेलाची गरेको देखियो । अबका दिनमा यस्तो त्रुटि नहोस् संविधान दिवस २०८० को शुभकामना ।।

नेपाली राजदुतावासले दोहा कतारमा ३ असोज २०८० तारिख संविधान दिवस मनाएको थियो । प्रोजेक्टरबाट डिजिटल ब्यानर राखीएको कार्यक्रमको हलमा कतारमा स्थापित संघसंस्थाका प्रतिनिधिहरुले खचाखच भरिएका थिए ।
नियोगका सहचारी सन्ध्या भट्टराईले संचालन गरेको कार्यक्रममा प्रथम सचीव कृष्ण कुमार सुवेदीले स्वागत मन्तव्य दिएका थिए । संविधान दिवसको अबसरमा बिशेष मन्तव्य महामहिम डा. नरेश बिक्रम ढकाल ज्युको रहेको थियो भने दोहाका सामाजिक संघसंस्थाका प्रमुखले समेत शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस