२०८१ मङ्सिर २७ गते बिहिवार | 2024 December 12th Thursday

मोसु कतारको १८औं साधारण सभा सम्पन्न,अध्यक्षमा पुनः बराईली

दोहा

मोरङसुनसरी सेवा समाज कतारको १८ औं साधारणसभा सम्पन्न गरेको छ । कतारको सम्सरा थकाली रेष्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिका बिच कार्यक्रम सम्पन्न गरेको हो । सोही साधारणसभाबाट कार्यक्रमको अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष भीम बराईलीकै अध्यक्षतामा पुनः १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष द्वयमा लिलानाथ घिमिरे,  शुष्मा खतिवडा कटुवाल, सचिवमा अच्युत भट्टराई, कोषाध्यक्षमा जिवन याख्खा राई, सहसचिवमा द्वय सुजन ढकाल र गोबिन्द बिश्वकर्मा र सहकोषाध्यक्ष द्वयमा पर्शुराम बन्जारा र सबिता दाहाल भट्टराई छानिएका छन् । यसैगरी सदस्यहरुमा सुनिता कोइराला अचार्य, प्रेम बस्नेत, बिरिन कठायत, गमला बस्नेत खतिवडा, मुना थापा, भानुभक्त शर्मा, होम कार्की, बबिन दाहाल , गणेश श्रेष्ठ र दिनेश बस्नेत (दिल) चुनिएका हुन् । 
“मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ मोरंगसुनसरीमा स्थायीवसोवास भई वैदेशिक रोजगारीका शिलशिलामा कतारमा वसोवास गरिरहेका हामी मोरंगसुनसरी जिल्लावासीहरु बीच एकआपसमा भाईचाराको सम्वन्धलाई विकास गर्ने, सामाजिक आचरणमा सुधार ल्याउने, आर्थिक समृद्धिका लागि सहजिकरण गर्ने साथै आपसी सहयोगको माध्यमबाट नेपाल र नेपालीको उन्नती र सम्मृद्धिका लागि आवश्यक गतिविधिहरु संचालन गर्न एक सक्षम संस्थाको आवश्यकता महशुस गरी २ मार्च २००१ मा स्थापना भएको थियो ।
संस्थाले पुर्व अध्यक्ष योगेन्द्र कार्कीलाई सस्थामा गरेको अतुलनीय कार्यको लागि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मन गरेको छ ।



यस्तै नयाँ कार्यसमिति चयन भएपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष बराईलीले आफ्नो कार्यकालको कार्यमितिका हरेक योजनामा साथ र सहयोग गर्दै १८ औं साधारणसभामा ल्याएर पनि पुनः आफूलाई अध्यक्षको जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै हिजोका दिन झै अबका दिनमा साथ र सहयोग रहने अपेक्षा राखे । उनले यस पटकका साधारणसभा संस्थाका पूर्व तथा वर्तमान पदाधिकारीहरुका बीचमा सम्पन्न गरिएको जानकारी पनि गराए । 
साधारण सभा बृहत गर्दा जुन हिसाबले खर्चिलो हुन्छ त्यो खर्च कटाएर मोसु नेपालको आफ्नै भवन बनाउन र सामाजिक काम गर्नका लागि सहयोग गर्नको लागि मोसु कतारले साधारण सभा आन्तरिक रुपमा सम्पन्न गरेको नवनिर्वाचित सचिब अच्युत भट्टराई बताउछन ।


प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस