२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

आज एनआरएनएको अध्यक्षमा शर्माले उम्मेद्बारी घोषणा गर्ने

दोहा ल गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल २०२३-२५ को लागि अध्यक्षका प्रत्यासी आरके शर्माले आज  बेलुकी  उम्मेदवारी घोषण गर्ने तयारी गरेका छन ।

एनआरएनए का बर्तमान उपाध्यक्ष समेत रहेका शर्माले  आज  २७ तारिक बेलुका   एक विशेष समारोहको आयोजना गर्दै  घोषण गर्ने तयारी गरेका हुन । शर्माले  आफ्नो कार्यक्रममा श्रमिकका मुद्दालाई प्राथमिकता दिएका छन् । उनले उम्मेदवारी घोषणा कार्यक्रम गर्नु अगाडि  विश्वभरका नेपालीहरुसँग भेट गरेर सल्लाह र सुझाव लिएका थिए ।

 

 

उनका अनुसार दुई वर्षको कार्यकालमा के काम गर्ने प्रष्ट योजना सहित उम्मेदवारी घोषणा गर्दै  गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउने योजना तथा २ वर्षभित्र गर्न सकिने कामको बारेमा अग्रज अभियन्तासँग सल्लाह र सुझाव लिएको बताएका छन ।  शर्माले गैरआवासीय नेपाली अभियानको अध्यक्षमा समर्थन जुटाउनको लागि अमेरिका एशिया, ओसियाना, युरोप भ्रमण लगायत क्षेत्रको भ्रमण गरिसकेका छन् ।

कतारमा श्रमिक हुँदै व्यवसायी रुपमा सफलता हासिल गरेका शर्माले रेमिट्यान्स रकमलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्राधिकरण बनाउने र विदेशमा सानो रकम कमाइ गर्ने नेपालीको पैसा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस