२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन कतार आउदै

दोहा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पूर्व उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्गदेन कतार आउने भएका छ्न ।

प्रवास सङ्गठन प्रवासी नेपाली एकता समाज (पानस ) ले  दोस्रो वार्षिक उत्सव, साँस्कृतिक कार्यक्रम साथै यहाँ रहेका नेपाली श्रमिकहरुले भोग्नु परेको समस्या लगायत विविध विषयमा छ्लफल सहितको अन्तरकृयात्मक कार्यक्रमको लागि अध्यक्ष लिङ्गदेन कतार आउन लागेका हुन ।

आउँदो शुक्रबार फुलवारि रेस्टुरेन्ट सनैयाँमा हुन लागेको वृहत कार्यक्रमको लागि कतारमा रहेका संघ संस्थालाई पत्रचार, प्रचार प्रसार लगायतका कार्यहरु सम्पन्न गरिएको र कार्यक्रममा उपस्थिति जनाएर सफल पारीदिन दोहा बासी सम्पूर्ण नेपालीहरुमा आयोजले आग्रह गरेको छ।

अध्यक्ष लिङ्गदेन सङ्गै राप्रपाका केन्द्रिय सदस्य द्वय आनन्द अधिकारी र तोयानाथ लम्साल पनि आउन लागेको कार्यक्रमको संयोजक लक्ष्मी सुन्दर त्वानाबासुले जानकारी दिएका छन।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस