२०८१ असोज ३० गते बुधवार | 2024 October 16th Wednesday

एनआरएनए अध्यक्षका प्रत्यासी विनय अधिकारीको कतारका पत्रकारहरुसंग भेटघाट

दोहा ,
गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्ष उम्मेद्बारका प्रत्यासी विनय अधिकारीले नेपाल पत्रकार महासंघ कतारशाखाका पत्रकारहरुसंग भेटघाट गरेका छन । भेटघाटका क्रममा अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरको बताएका थिए ।

भदौ सात गते बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
हाल बेलायत रहेका उनले विश्वभरमा व्यवसाय सञ्चालन गरिरहेको बताए l गोरखाको फुजेलमा जन्मिएका उनले बेलायतको क्याम्रिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन् ।खाडीबाट बैदेशिक यात्रा सुरुगरेका अधिकारी मिडिया क्षेत्रमा आबद्द छन् भने ग्लोबल गोरखा समाजको पूर्वअध्यक्ष र हाल संरक्षकसमेत हुन l

संघको १७ अक्टोबरदेखि हुने ११औं महाधिवेशनमा अध्यक्षको उम्मेद्बारी नै किन भन्ने प्रश्नमा उनले उठाएका एजेन्डलाई अरुको भरमा बसेर कार्यान्वयन हुनेमा शंका व्यक्त गरेका थिए । २७ बुद्धे प्रतिबद्धता सहित उम्मेद्बारी घोषणा गरेका उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको समेत भूमिका रहने राय प्रकट गरे । साथै विकासको मूल प्रवाहमा गैरआवासीय नेपालीलाई आवद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्न आफुले महत्त्वपुर्ण पहल गर्ने बताए । विदेशमा पढिरहेका विद्यार्थीलाई इन्टरसिपमा नेपाल पठाएर ज्ञान र सीपको उपयोग गर्ने वातावरण बनाउने लक्ष्य रहेको समेत उनले बताए ।

एनआरएनएको अधिवेशनमा करोडौं रुपैयाँ पैसाको चलखेल हुने गरेको छ नि भन्ने प्रश्नको जवाफमा पहिले पहिले भएको र आफुलाई खरिद गर्न करोडको प्रस्ताव आएको बताएका थिए । आफू अनमोल भएको बिकाउ नभएको बताउदै
आफ्नो उम्मेदवारी निर्वाचन प्रक्रियाको अन्तसम्म कायम रहने गरि अधिवेशनमा होमिएको बताएका थिए ।उनले सहमतीको नाममा डेलिगेट्स हरुको भोट गर्ने अधिकारी खोसिन नहुने पनि आफ्नो धारणा रहेको बताए l

नेपालबाट उमेदवारी घोषणा गरे लगत्तै मध्यपूर्वमा आफ्नो प्रचारप्रसार निस्केका अधिकारी अरु उमेदवार  जस्तै दल बल र राजनैतिक आडमा हिडेको देखिदैन l अधिकारीले अघिल्लो कार्यकाल २१-२३मा महासचिवको उम्मेद्बारी दिए  पनि सहमतीमा उपमहासचिवको भुमिकामामा अहिलेको मौजुदा कार्यसमितिमा  छन् l

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस