२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने

दोहा – कतारमा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने भएको छ ।

गैरआवासीय नेपाली संघ कतार र तमु गुरुङ समाज कतारको संयुक्त आयोजनामा “चौथो गैर आवासीय नेपाली तारा २०२३” हुने भएको हो ।

“नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं “भन्ने मुल उधेश्यका साथ महाबिर पुन द्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ हुने कार्यक्रममा गायन तथा नृत्य प्रतियोगिता हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।

पहिलो अडिशन नोभेम्बर २४ बाट सुरु हुने कार्यक्रममा”चौथो गैर आवासीय नेपाली तारा २०२३”ले ५००० कतारि रियल पुरस्कर पाउनेछन।तेसैगरि बिजेताले ४२०० कतारि रियल र दोस्रो हुने गायन र नृत्य दुबै बिधाको प्रतियोगिलाई ७५/७५ हजार रुपैयाँ प्रदान गरिनेछ।

उत्कृष्ट गायन र उत्कृष्ट नृत्यबाट “चौथो गैर आवासीय नेपाली तारा २०२३” घोषणा गरिने कार्यक्रमको पहिलो अडिशनबाट गायन र नृत्यबाट ४०,४० जना उत्कृष्ट प्रतियोगिहरुको छनोट गरिनेछ।

कतारमा लुकेर रहेका प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसरको रुपमा रहेको कार्यक्रमको ८ डिसेम्बरमा दोस्रो र २२ डिसेम्बरमा तेस्रो अडिशन हुनेछ।

नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका कलाकारहरु माँझ हुने कार्यक्रमको ग्राण्ड फिनाले २०२४ को फेब्रुअरी २ तारीखमा हुनेछ।

कसरी हुन्छ उत्कृष्ट प्रतिभाको छनोट ?

नृत्य प्रतियोगिताका नियमहरु

१. नृत्य प्रतियोगितामा नृत्य कतार स्थित नेपाली नृत्य विधाका कलाकारहरुको सहभागितामा प्रतिस्पर्धा गराइनेछ।

२.नृत्य प्रतियोगिताका प्रतियोगीहरुले नेपाली गीत तथा संगीतमा मात्र प्रस्तुती दिन पाइनेछ।

३. प्रतियोगिहरुले पहिले डिजिटल राउण्डमा आफ्नै रोजाईको कुनै पनि नेपाली गीत म्यूजिक ट्र्याकमा आयोजकले तोकीएको सम्पर्क नम्बरमा Whatsapp मार्फत पठाउनु पर्नेछ।

४. डिजिटल राउण्डमा छनौट भएका प्रतियोगिहरुले करि १०१  (कतारी रियाल एक सय एक मात्र) दर्ता शुल्क आयोजकलाई बुझाए पछि मात्र पहिलो चरणको अडिसनमा प्रवेश पाउनेछ ।

५. पहिलो चरणको अडिसनमा प्रतियोगीहरुले आफ्नै रोजाईको कुनै पनि नेपाली गीत म्यूजिक ट्र्याकमा नृत्य गर्नुपर्नेछ ।

६.पहिलो चरणको अडिसनमा पार गरेका प्रतियोगिहरुले दास्रो अडिसन चरणमा प्रवेश पाउनेछ ।

७. पहिलो र दोश्रो अडिसन लगायत प्रतियोगिताको सम्पूर्ण अडिसन चरणहरुमा प्रतियोगीहरुको प्रस्तुती मूल्याङ्कन शत प्रतिशत निर्णायकहरु बाट हुनेछ ।

८. प्रत्येक अडिसन चरणहरुमा फरक फरक विधामा नृत्य गरिनेलाई प्राथमिकता दिइनेछ र अडिसन चरणहरु पार गर्दै जाने प्रतियोगीहरुले एउटै गीतमा नृत्य गर्न पाउनेछैन ।

९. डिजिटल राउण्डमा छनौट भएकाहरुले नृत्य प्रतियोगिताको पहिलो अडिसनमा प्रतियोगीहरुको प्रस्तुती मूल्याङ्कन निर्णायकहरुद्वारा प्रस्तुती लगतै हुनेछ तर अन्य अडिसनहरुमा भने सम्पूर्ण प्रतियोगीहरुको प्रस्तुती सकिए पश्चात नतिजा घोषणा गरिनेछ ।

१०. अडिसन चरणहरुमा प्रतियोगीहरुले गीतको एक मुखडा र एक अन्तरामा मात्र प्रस्तुती दिनेछ। तर प्राविधिक कारणले गड़बड़ी आएमा निर्णायकहरुको सामूहिक निर्णयानुसार प्रतियोगीले आफ्नो प्रस्तुती दोहोऱ्याउन पाउनेछ । ग्राण्ड फिनालेमा भने प्रतियोगीहरुले एउटा पूरै गीतमा प्रस्तुती दिनु पर्नेछ ।

११. अडिसन चरणमा आफूले प्रस्तुत गर्ने प्रस्तुतीको म्यूजिक ट्र्याक आफैले व्यवस्था गरी कार्यक्रम शुरु हुनु अगावै आयोजकलाई उपलब्ध गराउनु पर्नेछ, अन्यथा प्रतियोगी स्वयम् जिम्मेबार हुनेछ ।

१२. प्रतियोगिताको अडिसन चरणहरुमा के कति प्रतियोगीहरु छनौट गर्ने भन्ने कुरा निर्णायकहरुमा भर पर्दछ तर अन्तिम छनौट चरणमा भने उत्कृष्ट ५ (पांच) जना प्रतियोगीहरु मात्र ग्राण्ड फिनालेको लागि छनौट गरिनेछ ।

१३. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट प्रतियोगीहरुलाई प्रस्तुती न र भोटिङ न. सहितको विशेष प्रकारको प्रवेश पत्र वितरण गरिनेछ ।

१४. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट ५ (पांच) जना प्रतियोगीहरु आयोजकको अनुमति बिना अरु कुनै पनि कार्यक्रममा सहभागिता हुन पाउने छैन।

१५. ग्राण्ड फिनालेका प्रतियोगीहरुको प्रस्तुती मूल्याङ्कन अडिसन चरणका निर्णायकहरु सहित नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका निर्णायकहरुद्वारा ५०% र प्रत्यक्ष दर्शक भोटिङ द्वारा ५०% नम्बरको आधारमा मूल्याङ्कन गरिनेछ ।

१६. कार्यक्रम निश्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न गराउन कार्यक्रमका सम्पूर्ण गतिविधिहरु आयोजकद्वारा गठित पर्यवेक्षक समितिको प्रत्यक्ष उपस्थितीमा हुनेछ ।

१७. ग्राण्ड फिनालेमा प्रत्येक प्रतियोगीहरुको मूल्याङ्कन अक र दर्शक मत गणना गरी नतिजा तयार पार्ने सम्पूर्ण जिम्मा पर्यवेक्षक समितिलाई दिईनेछ ।

१८. निर्णायकहरूको मूल्याङ्कन र दर्शकहरुको मतको आधारमा सर्वोत्कृष्ट हुने प्रतियोगीलाई “नृत्य तर्फको विजेता घोषणा गरी अवार्ड, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिनेछ । त्यस्तै उपसवजेतालाई प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिनेछ । यस अतिरिक्त ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्र द्वारा सम्मान गरिनेछ ।

गायन प्रतियोगिताका नियमहरु :

१. गायन प्रतियोगितामा कतार स्थित नेपाली गायन विधाका कलाकारहरुको सहभागितामा एकल प्रतिस्पर्धा गराइनेछ ।

२. गायन प्रतियोगिताका प्रतियोगीहरुले नेपाली गीत तथा संगीतमा मात्र प्रस्तुती दिन पाइनेछ।

३. प्रतियोगिहरुले पहिले डिजिटल राउण्डमा आफ्नै रोजाईको कुनै पनि नेपाली गीत म्यूजिक ट्रयाक बिना गाएको गाना आयोजकले  तोकीएको सम्पर्क नम्बरमा whatsapp मार्फत पठाउनु पर्नेछ ।

४. डिजिटल राउण्डमा छनोट भएका प्रतियोगिहरुले क.रि.१५१ (कतारी रियाल एक सय एकाउन्न मात्र) दर्ता शुल्क आयोजकलाई बुझाए पछि मात्र पहिलो चरणको अडिसनमा प्रवेश पाउनेछ ।

५ पहिलो चरणको अडिसनमा प्रतियोगीहरुले आफ्नै रोजाईको कुनै पनि नेपाली गीत म्यूजिक ट्र्याकमा गाउनु पर्नेछ।

६.दास्रो अडिसन चरणमा प्रतियोगीहरुले निर्णायकले तोकिएको लाईभ वा म्यूजिक ट्र्याकमा गाउनु पर्नेछ ।

७. पहिलो र दोश्रो अडिसन लगायत प्रतियोगिताको सम्पूर्ण अडिसन चरणहरुमा प्रतियोगीहरुको प्रस्तुती मुल्याङकन शत प्रतिशत निर्णायकहरुबाट हुनेछ ।

८. प्रत्येक अडिसन चरणहरुमा फरक फरक विधाका गीत गाउनेलाई प्राथमिकता दिईनेछ र अडिसन चरणहरु पार गर्दै जाने प्रतियोगीहरूले एउटै गीत गाउन पाउनेछैन।

९  डिजिटल राउण्डमा छनौट भएकाहरुले गायन प्रतियोगिताको पहिलो अडिसनमा प्रतियोगीहरुको प्रस्तुती मस्याङ्गन निर्णायकहरुद्वारा प्रस्तुती लगतै हुनेछ तर अन्य अडिसनहरुमा भने सम्पूर्ण प्रतियोगीहरुको प्रस्तुती सकिए पश्चात नतिजा घोषणा गरिनेछ ।

१० गायनको अडिसन चरणहरुमा प्रतियोगीहरुले गीतको एक मुखडा र एक अन्तरामा मात्र गाउनु पर्नेछ तर प्राविधिक कारणले

गडबडी आएमा निर्णायकहरुको सामूहिक निर्णयानुसार प्रतियोगीले आफ्नो प्रस्तुती दोहोयाउन पाउनेछ ।ग्राण्ड फिनालेमा भने प्रतियोगीहरूले एउटा पूरे गीत गाउनु पर्नेछ।

११. अडिसन चरणमा आफूले प्रस्तुत गर्ने गीतको म्यूजिक ट्र्याक आफैले व्यवस्था गरी कार्यक्रम शुरु हुनु अगावै आयोजकलाई उपलब्ध गराउनुपर्नेछ अन्यथा प्रतियोगी स्वयम् जिम्मेवार हुनेछ ।

१२ प्रतियोगिताको अडिसन चरणहरुमा के कति प्रतियोगीहरु छनौट गर्ने भन्ने कुरा निर्णायकहरुमा भर पर्दछ तर अन्तिम छनौट चरणमा भने उत्कृष्ट ५ (पांच) जना प्रतियोगीहरु मात्र ग्राण्ड फिनालेको लागि छनौट गरिनेछ ।

१३. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट प्रतियोगीहरुलाई प्रस्तुती न.र भोटिङ न. सहितको विशेष प्रकारको प्रवेश पत्र वितरण गरिनेछ ।

१४. ग्राण्ड फिनालेमा पुग्न सफल उत्कृष्ट ५ (पाँच) जना प्रतियोगीहरु आयोजकको अनुमति बिना अरु कुनै पनि कार्यक्रममा सहभागिता हुन पाउने छैन ।

१५. ग्राण्ड फिनालेका प्रतियोगीहरुको प्रस्तुती मूल्याङ्कन अडिसन चरणका निर्णायकहरु सहित नेपालबाट आमन्त्रित राष्ट्रिय स्तरका निर्णायकहरु द्वारा ५०१ र प्रत्यक्ष दर्शक भोटिङ द्वारा ५०% नम्बरको आधारमा मूल्याङ्कन गरिनेछ ।

१६. कार्यक्रम निश्पक्ष र पारदर्शी ढङ्गले सम्पन्न गराउन कार्यक्रमका सम्पूर्ण गतिविधिहरु आयोजकद्वारा गठित पर्यवेक्षक समितिको प्रत्यक्ष उपस्थितीमा हुनेछ ।

१७. ग्रान्ड फिनालेमा प्रत्येक प्रतियोगीहरुको मूंल्याकन अंक र दर्शक मत गणना गरी नतिजा तयार पार्ने सम्पूर्ण जिम्मा iपर्यवेक्षक समितिलाई दिइनेछ।

१८. निर्णायकहरुको मूल्याङ्कन र दर्शकहरुको मतको आधारमा सर्वोत्कृष्ट हुने प्रतियोगीलाई गैरवावासीय नेपाली तारा २०२३ कतार” घोषणा गरी अवार्ड, प्रमाण पत्र र नगद पुरस्कारले सम्मान गरिनेछ । त्यस्तै उपबिजेतालाई प्रमाण पर पुरस्कारले सम्मान गरिनेछ । यस अतिरिक्त ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्ने सम्पूर्ण प्रतियोगीहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस