२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

एनआरएनएको नेतृत्व चयनका लागि मतदान जारी

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

विदेशमा रहेका नेपालीहरुलाई भने गएरातिबाटै अनलाइन भोटिङ खुला गरिएको थियो । विश्वभरबाट फेसियल भेरिकेसनमार्फत अनलाइन भोटिङ गरिरहेका छन् ।

नेपालमा रहेका प्रतिनिधिहरुले आज (बिहीबार) साँझ ६ बजेसम्ममा मतदान गरिसक्नुपर्ने समय तोकिएको छ ।

११औं विश्व सम्मेलनमा सहभागी हुन नेपाल पुगेका मतदाताले काठमाडौंको सोल्टी होटेल परिसरबाट अहिले मतदान गरिरहेका छन् ।

विश्वभरका ९६ हजार सदस्यमध्ये चार हजार २२७ प्रतिनिधि मतदानमा सहभागी हुँदै छन् ।

एनआरएनएको अध्यक्षका लागि बद्री केसी, महेश श्रेष्ठ र राजेन्द्रकुमार शर्मा प्रतिस्पर्धामा छन् ।

एनआरएनएको ११औं विश्व सम्मेलनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस