२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

११४ औं लक्ष्मीजयन्ती कतारमा भब्य रूपमा मनाइयो

दोहा– महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा दोहामा  कतारमा रहेका साहित्यक अनुरागीहरूको साथ र सहयोगमा कवि कृसु क्षेत्रीको एकल एकल कवितावाचन सहित ११४ औं लक्ष्मीजयन्ती समारोह सम्पन्न भएको छ।

लक्ष्मी जयन्ती समारोह २०८० तथा एकल कविता वाचन कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष लेख कार्कीको सभापतित्वमा र नेपाली दूतावास कतारका प्रथम सचिव, साहित्यकार कवि कृसु क्षत्रीको प्रमुख आथित्यता रहेको थियो।

कतारमा स्थापित विभिन्न सङ्घ संस्थाको उपस्थितिमा आशनग्रहण पश्चात् महाकविको तस्बिरमा माल्यार्पण गर्दै समारोहका सभापति र प्रमुख अतिथिबाट दीप प्रज्वलन सहित ब्यानर उत्घाटन भएको थियो।

कार्यक्रमका मुख्य आकर्षण साहित्यकार कवि कृसु क्षेत्रीले  एकल कविता वाचन सुरु गर्दै उनले वाचनका क्रममा गीत लेखनको यात्रा, र यात्राकै क्रममा जोडियाका विभिन्न प्रसङ्ग र पृष्ठभूमिसहित प्रेमिल कविता पनि वाचन गरेका थिए।

आफुले भोगेको कथा ,भुइँचालोमा सहयोगको नाममा देखीएका बिकृती, बिसंगती देखि दसैं – तिहार चाडपर्व सम्बन्धी कविता वाचन गरे भने  देशमा देखिएको भ्रष्टाचार सम्बन्धी पनि कविता मार्फत ब्याङ्ग गरे । करिव १ घन्टा सम्म कविता वाचन गरेका क्षेत्रीले  उपस्थित सम्पुर्णलाई भरपुर्ण साहित्यक मनोरञ्जन दिलाए ।

हँसिला मुहारमा कसिला कविता वाचन गर्दा मात्र हैन समाजका व्यथिति र  विसङ्गतिमाथिको जोसिला कविता वाचन हुँदा तालीको गडगडाहट भएको थियो।

क्षेत्रीलाई कार्यक्रमको मूल समारोहको तर्फबाट दोसल्ला सहित  मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमका सञ्चालन नवोदित साहित्य वाचनलय  कतारका मोबाईल पुस्तकालय संयोजक सोम थापाले गरेका थिए भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार ( साहित्य तथा प्रकाशन विभाग ) संयोजक तथा कार्यक्रम उप -संयोजक सन्तोष क्षेत्रीले  स्वागत मन्तव्य राखेका थिए ,सन्ध्याग्रुप मुग्लानी सौगातका कार्यवाहक अध्यक्ष सन्तोष केसीले महाकविको बारेमा थप रोचक जानकारी सहितको महाकविको जीवनी पस्किएका थिए।

अत्यन्तै सौम्य र शान्त वातावरणमा सम्पन्न कार्यक्रममा एकल कविता वाचन पश्चात्  एनआरएनए एनसिसि कतारका अध्यक्ष रमेश भट्टले धन्यवाद ज्ञापन सहित आफ्नो मन्तव्य राखे भने कार्यक्रमका सभापति तथा अनेसास कतारका अध्यक्ष लेख कार्कीले विशेष गरेर कतार डायसपोरामा रहेर नेपाली भाषा, साहित्य र कलालाई माया गर्ने ४ संस्था हरुले विभिन्न साहित्य तथा बाचन डवली कार्यक्रम अलग अलग गर्दै आएका बताए।

यद्यपि विशेष कार्यक्रम हरु मोति जयन्ती, भानु जयन्ती, पारीजात जयन्ती अनेसास नबोदित र लक्ष्मी जयन्ती,दोहामा स्थापित ४ ओटै साहित्यिक संस्थाहरुले नेपाल बाट चर्चित साहित्यकार लाई आमन्त्रित गरेर कार्यक्रम गर्दै आइरहेको बताए।

कार्कीले कवि कृसु क्षेत्रीले साहित्यमा पुर्याएको योगदानको चर्चा गर्दै दूतावासको सहयोग र उपस्थिति प्रति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको विसर्जन गरेका थिए ।

१४० औँ रचना वाचन शृङ्खलासहित अनेसास र नवोदित वाचनालय कतार, ९० औं  रचना वाचन शृङ्खलासहित मुगलानी सौगात र एनआरएनए एनसिसि कतार साहित्य विभाग गरी चार संस्थाको समन्वयमा कार्यक्रम भएको थियो।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस