२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

एनसीसी कतार द्वारा सामुदायिक प्रहरी प्रमुख सङ्ग भेटघाट 

दोहा– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारद्धारा कतार सरकारका सामुदायिक प्रहरी प्रमुख सङ्ग भेटघाट  सम्पन्न गरेको छ ।

कतारको विभिन्न सरकारी निकाय संग भेटघाट आरम्भ गरेको एनसीसी कतारले बुधवार कतार स्थित सामुदायिक प्रहरी मुख्यालय स्थित कम्युनिटी प्रमुख बृगिडियर डाक्टर इब्राहिम मोहम्मद राशीद अल सेमैह, जनचेतना तथा शैक्षिक बिकास कार्यक्रम तर्जुमा प्रमुख कर्णेल राशीद मुबारक अल खयारिन,इन्चार्ज पार्टनर एन्ड इनिशियटिभ बिभाग फस्ट लेफ्टिनेन्ट अब्दुल अजिज अल मोहन्नदी, सामुदायिक सम्पर्क बिभाग संयोजक डाक्टर बहाउदिन अल हुदावी तथा संयोजक तारिक ओबौदुल्लाह लगायत सङ्ग भेटघाट गरेको हो ।।

नेपाली समुदायको तर्फबाट गैर आवासीय नेपाली संघ एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, बरिष्ठ उपाध्यक्ष कृष्ण पन्थी, सचीव रोशन अर्याल, सह कोषाध्यक्ष झबिन्द्र आचार्य र पुर्व कानुनी सल्लाहकार एवं राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली संयोजक प्रोफेसर  मोहम्मद रमजान अली मियाँको उपस्थिति रहेको थियो ।
भेटघाटको क्रममा एनआरएनए कतारको बर्तमान   कार्यसमितिका बारेमा जानकारी साथै कतार सामुदायिक प्रहरी सङ्ग  केहि बुदाँगत रुपमा सहकार्य गरिने लिखित पत्र समेत पेश गरिएको थियो।

भेटघाटमा सामुदायिक प्रहरी कतार र एनसीसी कतार बीच परिचायत्मक कार्यक्रम, आप्रवासी कामदारहरूको सुरक्षा र कल्याणको लागि कर्निच जस्ता स्थानहरुमा सचेतना कार्यक्रम, लाइफ ज्याकेट अभियानको प्रयोग, द्विपक्षीय साझेदारी जनचेतना मुलक कार्यक्रम,लिमोजिन चालकहरूको लागि जागरूकता,कामदारहरूको लागि स्वास्थ्य जाँच,महिला आप्रवासी कामदारहरूका लागि विशेष सचेतना कार्यक्रम,लागुऔषध प्रयोग र तस्करी विरुद्धको अभियान जस्ता कार्यक्रमहरुका बारेमा प्रस्ताव रखिएको थियो।

एनसिसि कतार अध्यक्ष रमेश भट्ट तथा बरिष्ठ उपाध्यक्ष कृष्ण पन्थीले  नेपाली श्रमिकका समस्या बारेमा जानकारी दिदै सामुदायिक प्रहरी संग सहकार्य तथा सहयोगको लागि आग्रह गरेका थिए ।

भेटघाटको क्रममा प्रमुख डाक्टर सेमैहले कुनै कम्पनिमा काम गर्ने कामदारहरुले तलब नपाएको खण्डमा नारा जुलुस हड्ताल नगरिकन कानुनि प्रक्रियाबाट अगाडी बड्न आग्रह गर्नु थियो ,यसका लागि आबश्यक समन्वय एनसिसि  कतारले प्रतिनिधि मुलुक भूमिका खेल्नु पर्नेमा  जोड दिए साथै  नेपाली समुदायका लागि सहयोग तथा सहकार्य गर्ने आस्वासन व्यक्त गर्दै भेटको लागि धन्यवाद व्यक्त गरेका थिए  ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस