२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

कतारदेखि आजबाट माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत नेपाल सजिलै पैसा पठाउन सकिने

दोहा – माछापुच्छ्रे बैंक लिमिटेडले कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतार स्थित अल्फरदान एक्सचेन्ज संग सहकार्य गरी माछापुच्छ्रे बैंकको एमबिएल रेमिट (MBL REMIT) मार्फत नेपाल सजिलै पैसा पठाउन सकिने भएको छ।

दोहा एक कार्यक्रमको आयोजना गरि बैंकका मध्यम पूर्व व्यवसाय प्रमुख सुजन सापकोटाले उक्त जानकारी दिएका हुन।

रेमिट्यान्स कारोबारको लागि अल्फरदान एक्सचेन्ज संग सहकार्य गरी कतारमा रहेका सम्पूर्ण नेपालीहरुले कतारको अल्फरदान एक्सचेन्जका सम्पूर्ण शाखाहरू तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत बिहीवार देखि नेपाल पैसा पठाउन सकिने सापकोटाले बताएका छन।

दोहामा रहेको माज्मा रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सापकोटाले स्थापना कालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकमा बिदेशमा कमाई गरेर स्वदेशमा ढुक्कसंग बचत गर्न सकिने बताए ।

बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु रहेको बैंकले देश तथा विदेशमा रहेका ग्राहकहरुलाई २४ सैं घण्टा सेवा सुविधा दिदै आएको छ ।

स्थापना काल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधाग्राहक माझल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

बैंकले हालसम्म देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ३० शाखारहित बैंकिङ्ग सेवा, २ सय २ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस