२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

अचानक कतारमा सार्वजनिक भए अरब र घाउ

दोहा । गत शुक्रबार ८ डिसेम्बर २०२३ का दिन कतारको नज्मा स्थित गोरखा रेस्टुरेन्टको सभाहलमा अनेसास नवोदित कतारको १४१ औं साहित्यिक रचना वाचन डबलीमा कतारमा कार्यरत साहित्यकार प्रेम प्रसाद भट्टराईको “अरब” गीतिकाव्य र साहित्यकार बिनोद खड्काको “घाउ” नियात्रा संग्रह सोही डबलिका विशिष्ट श्रोता रघु शर्मा पुर्व विशिष्ट श्रोताहरू रमजान अलि मिया, पवित्रा खड्का, तेज कटुवाल,चानक पोख्रेल,पदम गिरी अनेसास कतारका अध्यक्ष लेख कार्की पुर्व अध्यक्षहरू सिताराम थापा,श्यामराज रानाभाट, मणि पौडेल नवोदितका का.बा. अध्यक्ष सानु थपलिया पुर्व अध्यक्षहरू चक्र कार्की,दिलिप पराजुली,समाजसेवी राजेन्द्र ढुंगाना र बेद प्रसाद भट्टराईका हातबाट सार्वजनिक गरिएको थियो ।

विशिष्ट श्रोताको आसन ग्रहण साथै राष्ट्रिय गान गाएर कार्यक्रमको सुरुवात गरिएको थियो ।

सावजनिक कृति अरबका बारेमा अनेसास कतारका पुर्व अध्यक्ष सिताराम थापाले समिक्षामा भने अरब मैले पहिला हेर्दा आकारमा सानु देखेर अरब आउन हतार भयो भन्ने सोचेको थिए तर जब अरब भित्र पसे अनि थाहा भयो यो त जिरे खोर्सानी भन्दा नि खतरा भेटे आकारमा सानु भएता पनि यो भित्र विश्वको अग्लो बुर्ज खलिफा देखि लिएर भव्य अरब र नेपाल पो आटेको पाए । अरब भित्रको कथा एउटा भब्य उपन्यास भन्दा कम छैन । यो अरब गीतिकाव्यले प्रवासमा रहेका समस्त नेपालिहरूको जिन्दगी बोलेको छ । काव्य पढ्न सुरु गरेपछी नसकुन्जेल छोड्नै मन लाग्दैन । अरबले कैले धरधरी रुवाउछ कैले मज्जाले खुसी बनाउछ यस्मा सर्प्राइजहरू पनि धेरै छन् । मुना मदनको झल्को मेटाउने अरब भएको बताउदै मुनामदन भन्दा कथा धेरै उत्कृष्ट रहेको र कृतिकारले अझै उत्कृष्ट कृति लेख्न सक्ने क्षेमता प्रदान होस् र अरबको जिन्दगी र कृति दुबै सफल हुन् भन्ने शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा कतारका विभिन्न विधाका साहित्यिकारहरूका रचना वाचनले पनि हलमा उपस्थित सम्पुर्णलाई साहित्यिक मनोरञ्जन दिएको थियो ।

घाउ नियात्रा संग्रहका बारेमा अनेसास कतारका पुर्ब अध्यक्ष प्रेम प्रसाद भट्टराईले समिक्षामा घाउ भित्र भिन्दा भिन्दै ३० ओटा नियात्रा रहेका छन् र यो नियात्रा संग्रहमा सम्पुर्ण मानिसको घाउ लेखिएको छ त्यस्मा पनि स्पेसल्ली भियतनाम र कम्बोडियाको घाउलाई उजागर गरिएको छ । प्रत्यक घाउको उपचार संभव छ तर गरिदैन किनकी ऐलेको समाज अरुलाई दुखाएर आफू हास्ने समाज छ त्यसैले एकले अर्काको घाउमा मलम हैन नुन छर्किन चाहान्छन । त्यसैले गर्दा आज संग्रह घाउ जन्मेको हो नेपाली नियात्रा संग्रहको बजारमा एउटा उत्कृष्ट नियात्रा संग्रह आइपुगेको भन्दै संग्रह भित्रबाट चिसो मान्छे भन्ने नियात्राका बारेमा केही जानकारी दिदै नेपालमा रहेका विभिन्न पुरस्कार दिने संघ संस्थाहरूले पनि घाउको बारेमा सोच्नु पर्ने भन्दै बिनोद खड्का दाइको आगामी सहित्यिक यात्रा अझै उज्ज्वल रहोस् घाउले सम्पुर्ण नेपालीको मन मनमा बस्न सफल रहोस् भन्ने शुभकामना दिएका थिए ।
कार्यक्रममा अनेसास कतारका नवोदित कतारका सन्ध्याग्रुप अलखोर कतारका खोटाङ सेवा समाज कतारका, सुपर टिम अलखोरका र कतारमा रहेका अन्य धेरै नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अनेसास नवोदित साहित्यिक वाचन डबलिका पुर्व विशिष्ट श्रोता र समाजसेवी वसन्त ढकालले साहित्यकार प्रेम प्रसाद भट्टराई र बिनोद खड्कालाई साहित्य लेखनमा उर्जा मिलोस भन्दै खादा ओडाएर कलमको उपहार पनि दिएका थिए ।
कार्यक्रमको अन्त्यमा विशिष्ट श्रोता रघु शर्माले २ कृतीको सफलताको शुभकामना दिदै कार्यक्रम ३ घन्टा भएता पनि आफुलाई ३ मिनेट झै लागेको बताउदै वाचनगर्ने साहित्यकारहरूलाई पनि बधाई दिदै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रमको सम्योजन अनेसास कतारका महासचिव दिलिप पराजुलिले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस