२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाल पत्रकार महासंघ कतारद्वारा आईसीसी तथा एनसिसी कतारका निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

दोहा-नेपाल पत्रकार महासंघ कतार शाखाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आईसीसी तथा एनसिसी कतारका निर्वाचित पदाधिकारीहरुको स्वागतार्थ बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार साझँ आयोजना गरिएको कार्यक्रममा आईसीसी तथा एनसिसी कतारका २०२३/२०२५ कार्यकालका निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा आदानप्रदान गरिएको थियो।

महासंघका अध्यक्ष करिम बक्स मियाको सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार तिर्थ संगम राईको प्रमुख अतिथि रहेका थिए ।

 

लालीगुराँस रेष्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रममा आईसीसीका नवनिर्वाचित उपाध्यक्ष राज रेग्मी, उपमहासचिव प्रविन गुरुङ,मध्यपुर्व महिला उपसंम्योजक सरिता भण्डारी पौडेल,नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चानक पोखरेल,नेपाली जनप्रगतिशिल मंच कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, एनसीसी अध्यक्ष रमेश भट्ट,आइसिसी पुर्व उपाध्यक्ष सागर नेपाल,एनसीसी कतारका पूर्व अध्यक्ष कमल मणि गुरागाई,एनआरएनए निवर्तमान मध्यपूर्व उप संयोजक केबी हमाल,पूर्व आईसिसी मानार्थ सदस्य बिमल सुबेदी,लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,बैचारिक संस्थाका प्रमुख, सामाजिक अभियन्ता,समाजसेवी, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

महासंघका सचिव अर्जुन पौडेलले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिल कुमार श्रेष्ठले दिएका थिए।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस