२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

ब्रेन ट्युमरबाट पीडित कमल रोकालाई एनसीसी कतारको नेतृत्वमा आर्थिक सहयोग

दोहा : अत्यन्तै जटिल रोग ब्रेन ट्युमर तथा (spinal cord) मेरुदण्डको जटिल समस्याले ग्रसित रहेका कमल रोकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

प्युठान जिल्ला झिमरुक गा.पा ४ हुराना निवासी वर्ष ३१ बर्षिय कमल रोकालाई गैरआवासीय नेपाली संघ , रास्ट्रिय समन्वय परिषद कतार र कतारमा स्थापित विभिन्न संघ सस्था र ब्यक्तिहरु बाट सन्कलित ३ लाख पैतिस हजार पाँच सय रुपैया पीडित बिरामी रोका लाई उपाचाररत अस्पतालमा पुगेर एनसीसी कतारका कोषाध्यक्ष बुद्ध पान्डेले मङ्गलबार हस्तान्तर गरेका हुन । पान्डेले एनसीसी कतारको २१ औ स्थापनाको दिनमा पुण्य काममा सहभागी हुन पाउदा खुसी लागेको बताए।

करिव ६ महिना पहिला HAMAD GENERAL HOSPITAL मा उपचार गराउदै गर्दा ब्रेन ट्युमर देखा परेको थियो । ब्रेन ट्युमरको अप्रेसन सफल भयो तर फेरी मेरुदण्डमा (Spainal Cord) समस्या आएपछि दुवै खुट्टा नचल्नुका साथै कमलको होस समेत गुम्दै गएको अवस्थामा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको टिम अस्पतालमा गएर बिरामी र डाक्टरलाई भेट गरेका थिए ।

एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख कृष्ण पन्थीले यहाँ उपचार गराउदा डाक्टरहरुले पीडित बिरामी बढिमा ४५ दिन बाँच्ने हुँदा सके सम्म छिटो नेपाल लैजान ब्यबस्थाप मिलाउन अस्पताल प्रशासनले जानकारी दिएको बताए । बिमारीको परिवार र आफन्तले पनि छिटो भेट्न सके राम्रो हुने उद्देश्य राखेका हुँदा एनसिसि कतार र कतारमा स्थापित विभिन्न संघ संस्थाको सहकार्यमा पीडित बिरामी लाई तत्काल नेपाल पठाउन सम्भव भएको बताए ।

उपाध्यक्ष पन्थीका अनुसार करिब ३ महिना पहिला नेपाल पुगेको बिरामी रोकाको स्वास्थ अवस्था अहिले सुधारउन्मुख रहेको छ उनि अहिले आफै व्हिल चियरमा हिड्ने गर्छ्न। सोही कारणपनि आफुले श्रममैत्री अस्पताल नेपालमा खोल्नु पर्छ भन्ने कुरामा जोड दिएको पन्थीले बताए ।

वैदेशिक रोजगारीको सिलसिलामा सात वर्ष देखि कतारमा मजदुरी गरि घर परिवार को खर्चको जमर्को गर्दै आएका पीडित (बिरामी ) रोकालाई उपचार्थको लागि र नेपाल पठाउन र आर्थिक सहयोग जुटाउन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संस्थाका सह-कोषाध्यक्ष झबिन्द्र आचार्यलाई आर्थिक सहयोग संकलन संयोजक तोकिदिएको थियो ।

सोही जिम्मेवारिलाई कुसतापुर्वक निर्वाह गरेको संयोजक झबिन्द्र आचार्यले बताए ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस