२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

कर्णाली प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिबेशनद्वारा बुढा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

दोहा – कर्णाली प्रदेश समन्वय परिषद् कतारको दोस्रो अधिबेशनले डम्बर बहादुर बुढा मगरको अध्यक्षतामा २२ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

गत शुक्रबार  सनैया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिबेशनले अध्यक्षमा बुढा मगर सहित २२ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितीमा वरिष्ठ उपाध्यक्ष – भद्र बहादुर पुन, प्रथम उपाध्यक्ष. नौलासिङ घर्ती, दित्तिय उपाध्यक्ष- दिनेश तिरुवा, तृतीय उपाध्यक्ष -नवराज टमटा,युवा उपाध्यक्ष – प्रमोद बस्याल, महासचिव – गुलाब लम्साल, सह सचिव -किरण शाही, कोषाध्यक्ष – गोपाल बस्नेत, सह कोषाध्यक्ष –  कृष्ण बस्याल, महिला संयोजक – मनिषा मल्ल रहेका छ्न ।

कार्यसमिति सदस्यहरुमा  नरेन्द्र बस्याल,शेर बहादुर खत्री हिराजन टमटा,भविन्द्र विश्वकर्मा, सपना धामी, प्रकाश घर्ती
संदेश सोनी, शुदीक्षा शाही बस्नेत, मिलन बस्याल, प्रकाश हमाल र  सुरेश महर गरि २२ जनाको नयाँ कार्यसमिति बनेको हो ।

अधिबेशनमा संस्थाका अध्यक्ष विजय कुमार बस्यालको सभापतित्व नेपाली राजदूतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकालको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा एनसिसि कतारका दृतिय उपाध्यक्ष केशव कार्की,संरक्षक नवराज शाही सहित  कतारमा  स्थापित बैचारिक सामाजिक जिल्ला संघ संस्था पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

ब्यानर अनावरण तथा दीप प्रज्वलन सहित औपचारिक रुपमा अगाडि बढेको कार्यक्रममा स्वागत मन्तव्य कमल बिकले राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम राजदुत नरेश बिक्रम ढकालले कर्णाली प्रदेश बिकासको क्रममा पछि परेपनि त्यहाँको भाषा,कला संस्कृती भेष,भुषा पर्यटन गर्व गर्न लायक रहेको वताए ।  जुम्ला नेपाली भाषाको उद्द्गम थलो समेत रहेको बताउदै कर्णाली प्रदेश नेपालकै नमुना  प्रदेश समेत रहेको बताए  ।

अभिलेखमा यो भन्दा अगाडि कर्णाली प्रदेशबाट राजदुतको प्रतिनिधित्व गरेको छैन, पहिलो चोटि बिकट कर्णाली प्रदेशको छोरो नेपाली दूतावास कतारको (राजदुत ) हुने अवसर पाएको छ । यो  प्रदेशको लागि गर्व गर्न लाएक हो भन्दै ढकालले कर्णाली प्रदेशको इतिहासमा आफ्नो नाम प्रथम राजदुत भनेर लेखीने समेत बताए  ।

कतारी राजा अमिर शेख तमिम बिन हमाद अल थानीलाई पहिलो पटक नेपालको औपचारिक भ्रमण गराउने तयारी गरिरहेको बताउदै राजदुत ढकालले खाडी मुलुकबाट पहिलोपटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुने हुँदा नेपाल र नेपालीको गरिमामय बढ्ने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा गायक – गायिका हरु  हरु लोक दोहोरी गायिका रेस्मी  सेन्चुरी, सुरेश विसी,लोकेन्द्र दूतराज, शरद सुनार, सुमित्रा भटराई, ऋतुकाली थापा लगायत नृत्यमा श्रृजना सुनार,मनिषा मल्ल, प्रकाश घर्ती, दीपा मगर, बिनिता बिक गंगा बिक को उत्कृष्ट साँङ्गितिक प्रस्तुति रहेको थियो ।

संस्थाका महासचिव हिरामणि सुनारले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति विजय कुमार बस्यालले आफ्नो कार्यकाल अवधिभर विभिन्न माध्यम बाट साथ सहयोग गर्ने तथा कार्यक्रममा उपस्थिति जनाएर सफ़ल पार्ने सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै नयाँ बन्ने कार्यसमिलाई अग्रिम शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस