२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

समाज सेवा अभियान रुपन्देहीको आठौं अधिवेशन सम्पन्न

दोहा– समाज सेवा अभियान रुपन्देहीले स्थापना दिवसको अवसर पारेर आठौं अधिवेशन सम्पन्न गरेको छ ।

आठौ अधिवेशनबाट लक्ष्मण पौडेलको अध्यक्षतामा  बनेको १२ सदस्यीय कार्य समितिको निर्वाचन संयोजक इन्जिनियर अर्जुन प्रसाद भट्टराईले  घोषणा गरेका थिए। ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा शंकर प्रसाद न्यौपाने, उपाध्यक्ष  डिल्लीराम भट्टराई (दिप), महिला उपाध्यक्ष हेमा कुमारी न्यौपाने, महासचिव  रामलाल पराजुली ( कुसुम ), सचीव मनोज कुँवर, कोषाध्यक्ष चन्द्र बहादुर फुल्लेले, सहकोषाध्यक्ष छविलाल सुचिकार र सदस्यहरुमा रमेश न्यौपाने, रवीन्द्र आचार्य, कुवेर राना, चन्द्र कुँवर रहेका छन ।

दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा स्वागत मन्तव्य भिम तरामु मगरले दिएका थिए  । कार्यक्रममा  संस्थाले  समाजले गरेका सम्म विभिन्न सामाजिक गतिविधिका आर्थिक तथा कार्य प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

शुक्रबार  प्लाजा मल सनैयाको रेड्चिल्ली रेस्टुरेण्टमा सम्पन्न कार्यक्रममा संरक्षक  इन्जिनियर अर्जुन प्रसाद भट्टराई  प्रमुख अतिथि रहेका  थिए ।सामाजिक तथा आर्थिक बिकास अभियानमा सहकार्य,आत्मनिर्भरता र समृद्व जीवन सबैको लागी अपरिहार्य  भन्ने नाराका रहेको समाज सन् २००९ मा स्थापना भएको  थियो।

प्रमुख अतिथि इन्जिनियर भट्टराईले आफ्नो मन्तव्यमा समाजले गरेका कार्यको  खुलेर प्रसंशा गरेका थिए ।

उनले  समाज पहिले भन्दा अहिले धेरै परिवर्तन भएको र सामाजिक सेवाका खुलेका संस्थामा विकृति मौलाएको बताएका थिए। यसको प्रतिनिधि पात्र समाज व्यक्तिहरु भएको गुनासो गर्दा सबै मिलेर समाधान गर्नुपर्नम जोड दिएका थिए ।

आठौं अधिवेशनमा कार्यवहाक अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा  कतारमा स्थापित  संघसंस्थाहरका  प्रमुख एव प्रतिनिधि समाजसेवी बुद्धिजीवी पत्रकाहरुको उपस्थिति रहेको   थियो ।  कार्यक्रम संस्थाका महासचिव शंकर प्रसाद न्यौपानेले संचालन गरेका थिए ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस