२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

प्रवासी भुजेल समाज कतारको सातौं राष्ट्रिय अधिवेशन सम्पन्न

दोहा – प्रवासी भुजेल समाज कतारको सातौं राष्ट्रिय अधिवेशन शुक्रवार दोहामा सम्पन्न भएको छ।

“भुजेल जातिको विकास र उन्नतिको आधार, साँस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने नाराको साथ सन २०१० मा स्थापना गरिएको संस्थाको अधिवेशनको बन्दसत्रबाट बिकास भुजेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

संस्थाका अध्य्क्ष यूवराज भुजेलको सभापतित्व तथा
नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन सत्र सप्पन्न भएको थियो।

संस्थाको २०२४-२६ कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष सन्तोष भुजेल (कास्की), प्रथम उपाध्यक्षमा श्रीमान भुजेल (लम्जुङ), दित्तिय उपाध्यक्षमा गिता भुजेल (धादिङ), महासचिवमा दुर्गा बहादुर भुजेल (गोर्खा), सचिवमा नैन भुजेल (सर्लाही), कोषाध्यक्षमा शर्मिला भुजेल (सिन्धुली ) र सह- कोषाध्यक्षमा रोज भुजेल (सिन्धुली) सर्वसम्मत चयन भएका थिए ।


त्यस्तै सदस्यहरुमा चित्रबहादुर भुजेल (कास्की), अन्तर भुजेल (मोरङ), देवि भुजेल (मोरङ), कुमारी भुजेल (झापा), मिना भुजेल (ओखलढुंगा), मोहन कुमार भुजेल (मोरङ), पूर्ण घर्ती (स्याङ्जा), शारदा भुजेल (झापा), बिष्णु भुजेल (स्याङ्जा), बिघ्या भुजेल (रुपन्देही), देब भुजेल (स्याङ्जा) र लुक बहादुर भुजेल (रुपन्देहि) सर्वसम्मत निर्वाचित भएका छन भने कार्यसमितिको पहिलो बैठकले अध्यक्षको सिफारिसमा एक जना सदस्य मनोनीत गर्नेछ ।

कार्यक्रममा एनआरएनए एनसीसी कतारका महासचिव रबिन मगरलाई २०२२-२०२४ कार्यकालमा संस्थाले गरेका हरेक सामाजिक गतिविधिहरु साथै कतारको सामाजिक कार्यमा पुर्याएको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको छ।

मगरलाई सम्मानपत्र, दोसल्ला र मायाँको चिनो प्रदान गरेर सम्मान गरिएको थियो साथै कार्यक्रममा संस्थाको विभिन्न कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरुलाई पनि सम्मान गरिएको थियो।

एनसीसी कतारका महासचिव रबिन मगर, समाजसेवी तथा बुद्धिजीवी जैबी कराई, चानक पोखरेल, शेर्पा केदुङका अध्यक्ष पेम्बा शेर्पा, नेपाली धानुक समाजका महासचिव तेजिलाल मण्डल, तमु (गुरुङ) समाजका प्रथम उपाध्यक्ष तेज गुरुङ, प्रवासी नेपाली एकता मंचका सल्लाहकार गणेश ढकाल, प्रवास नेपाली सम्पर्क बिभागका कोषाध्यक्ष सुजन ढकाल, नेपाली जनप्रगतिशिल मंचका सह- कोषाध्यक्ष योगेन्द्र तामाङ, प्रवासी नेपाली मंचका उपाध्यक्ष अफसल अलि खान नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसाल, भुजेल समाजका संरक्षकद्वय नियम भुजेल र शिवकुमार भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।


कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक अभियान्ता, बुद्धिजीवीहरुको साथै बिशिस्ट व्यक्तित्वहरु, कलाकार, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष प्रभात भुजेललेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समाजका महासचिव दुर्गा भुजेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस