२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

गायक रामकृष्ण ढकाल कतार आउदै

साथमा मोडेल तथा डान्सर पुर्णिमा श्रेष्ठ

दोहा-सुमधुर स्वरका धनी गायक राम कृष्ण ढकाल कतार आउने भएका छन।

गैरआवासीय नेपाली तारा- सिजन ४ को ग्राण्ड फिनालेमा अतिथि निर्णायकको भुमिकाको लागी ढकाल कतार आउने भएका हुन।

फेब्रुअरी २ तारिक कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको हलमा हुने ग्राण्ड फिनालेमा अतिथि निर्णायकको भुमिकामा ढकाल संगै मोडेल तथा डान्सर पुर्णिमा श्रेष्ठ पनि कतार आउदैछिन।

गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आयोजना गरिएको गैरआवासीय नेपाली तारामा गायनबाट पाँच र नृत्य विधाबाट पाँच जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् l

नेपाली कला संस्कृतिको सम्मान गरौँ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा गायन बिधाबाट दिपक कुमार घले (भोटिङ न १), ईसान रेग्मी (भोटिङ नम्बर २), सुजन गुरुङ ( भोटिङ न ३), मानसिङ परियार (भोटिङ न ४) र रुस्तम तामाङ (भोटिङ न ५) रहेका छन।

त्यस्तै नृत्य विधाबाट जुनु माया कुमाल (भोटिङ न १), सरोज लामा (भोटिङ नम्बर २), निरु श्रेष्ठ (भोटिङ न ३), झरना राई (भोटिङ न ४) र सौजन चोहार (भोटिङ न ५) रहेका छन।

ग्रानड फिनालेमा पचास प्रतिशत निर्णायक र पचास प्रतिशत हलमा उपस्थित दर्शकले आफू सँग भएको कार्यक्रमको टिकटमार्फत भोट गरी विजेता छान्ने छन्।

भोटिङ गर्नको लागी प्रवेश टिकेटमा गायन र नृत्य विधाका आफुलाई मन पर्ने प्रतिस्पर्धीहरुको फोटो सहितको भोटिङ कोडमा टीक लगाउनु पर्नेछ।

प्रतिस्पर्धाको गायन विधातर्फ वीरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक निर्णायकका रूपमा रहेका छन् भने नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालेका छन्।

 

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस