२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

आर्थिक अभावका कारण कतारको अस्पतालमा छटपटिदै साहनी

दोहा – धनुषा जिल्ला मुखियापटि गाउँपालिका वार्ड नम्बर ५ का राम चलितार साहनी, प्यारालाइस जस्तो जटिल रोग सङ्ग लड्दै कतारको सरकारी अस्पताल हमादको ट्रमा सेन्टरमा उपचार्थ गराइरहेका छ्न ।

वैदेशिक रोजगारिको शिलसिलामा २ बर्ष देखी कतार आएका साहनी, कार्यरत कम्पनी “सनुन ईन्जिनियरिङ ” बाट केहिपनि सहयोग नपाएपछि आर्थिक संकटमा परेका छ्न ।

आमा, श्रीमति र २ बच्चा सहितका उनी जेनतेन पारिवारिक खर्च धानीरहेका थिए, तर १० जनवरिका दिन बेडको दोस्रो तलाबाट भुइँमा (एक्सिडेन्ट्) खस्न पुग्दा , टाउकोमा गहिरो चोटले १ महिना सम्म बेहोस भएका थिए ।

सोही एक्सिडेन्ट् पछि साहनीलाई प्यारालाइस भएको र खाना समेत नलिको माध्यम बाट लिएका थिए । यद्यपि सुधारउन्मुख रहेको एनसिसि कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख कृष्ण पन्थीले बताए ।

बिरामी “आर्थिक अभावमा” हस्पिटलको बेडमा छटपटिदै गरेको बारे साहनीको उपचारमा संङ्लग्न डाक्टरले नेपाली कम्युनिटीलाई सुचना पुर्याउनु आग्रह गरेका र सोही सुचना थाहा पाए लगतै पीडितको अवस्था बुझ्न – भेट्न एनआरएएन एनसिसि कतारका अध्यक्ष रमेश भट्ट र आफू र युवा संयोजक मेयर सिंह तामाङ हमाद हस्पिटलमा पुगेको पन्थीले जानकारी गराए।

पीडित बिरामी साहनीको उपचारको निम्ति कम्पनीले कुनै खर्च नदिएको, साथमा “हेल्थ कार्ड” पनि नभएको हुँदा उनको उपचार खर्चिलो र लामो समय चल्ने भएकोले थप आर्थिक श्रोतको लागि नेपाली दूतावास कतार मार्फत पिडित ब्याक्तीको कम्पनी लाई आग्रह गर्ने, सम्भावना नभए उपचार लगायत घरफिर्ताको लागि एनसीसी कतारले नै हेर्ने प्रथम उपाध्यक्ष पन्थीले बताएका छन ।

केही समययता एनआरएनए कतारले यहाँ रहेका पीडित नेपाली श्रमिकहरुलाई सकेको आर्थिक,भौतिक,नैतिक सहयोग गर्न,सक्रियताका साथ लागीपरेको देखिन्छ । बिदेशमा कहिकतै कुनै श्रमिक पीडित छ्न भने एनआरएनए कतारलाई खबर गर्न अध्यक्ष भट्ट र प्रथम उपाध्यक्ष पन्थीले आह्वान समेत गरेका छन।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस