२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नवलपरासी सेवा समाजको तेस्रो अधिवेशन आउने शुक्रबार 

दोहा । नवलपरासी सेवा समाज कतारको  तेस्रो अधिबेशन आउने शुक्रबार हुने भएको छ । न्यु सलाता स्थित कतार च्यारेटीको सभाहलमा   २३ फेब्रुअरी २०२४ दिनको   १२ बजे देखि  हुने कार्यक्रमको जानकारी अध्यक्ष कृष्ण पन्थी दिएका छन ।

 जिल्लाको साझा  सस्थाको रुपमा स्थापित गरेको संस्था सन २०१८ स्थापना भएको  हो । नेपालको नवलपरासी जिल्ला कतारमा आई विभिन्न  पेसा, ब्यावसाय, श्रमिकका रुपमा रहदै आएका नवलपरासीबासी हरुले सामाजिक सेवा र गतिविधिका लागी खोलिएको हो ।

 सामाजिक भावनाले  प्रेरित संस्था “आपसी सहयोग सद्भाव, सहयोग र एकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने नारा सजिएको छ ।

 तेस्रो अधिवेशनले  समाजको नयाँ कार्यसमिति चयन गर्नुकासाथै समाजले  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२०२५ कार्यकालको लागि निर्बाचित हुनु भएका अध्यक्ष लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई  समेत सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

अधिवेशनमा  समाजले कतारमा स्थापित विभिन्न संघ सस्था, प्रमुख तथा प्रतिनिधिहरु   समाजसेवी, ब्याबसयी पत्रकार तथा  कतारलाई कर्म थलो बनाई रहनु भएका तपाईं सम्पूर्ण शुभचिन्तकहरुलाई  उपस्थितिको लागी हार्दिक अनुरोध  गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस