दोहा । सिन्धुली सेवा समाज कतारको ११ औं अधिबेशन आउने शुक्रबार हुने भएको छ । प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा २३ फेब्रुअरी २०२४ अधिवेशन हुने कार्यक्रमको जानकारी अध्यक्ष कृष्ण बर्माले दिएका छन ।
जिल्लाको साझा सस्थाको रुपमा स्थापित गरेको संस्था सिन्धुली जिल्लाबाट कतारमा आई विभिन्न पेसा, ब्यावसाय, श्रमिकका रुपमा रहदै आएका सिन्धुलीबासीहरुले सामाजिक सेवा र गतिविधिका लागी खोलिएको हो ।
सामाजिक भावनाले प्रेरित संस्था ” सिन्धुलीबासीहरुको प्रवासमा एकता आपसी सहयोग र सामाजिक कार्यमा हाम्रो अग्रता ” भन्ने नाराले सजिएको छ ।
११ औं अधिवेशनलाई सम्बोधन गर्न सिन्धुली जिल्लाबाट निर्वाचित माननीय लेखनाथ दाहाल राजन आउने जानकारी समाजले निमन्त्रणा पत्रमा उल्लेख गरेको छ ।
यस अवसरमा समाजले कतारमा स्थापित विभिन्न संघ सस्था, प्रमुख तथा प्रतिनिधिहरु समाजसेवी, ब्याबसयी पत्रकार तथा कतारलाई कर्म थलो बनाई रहनु भएका तपाईं सम्पूर्ण शुभचिन्तकहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ ।