२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

लमजुङ सेवा समाज कतार को १५ अधिबेशन सम्पन्न – अध्यक्षमा बसौला निर्वाचित

दोहा ,

लमजुङ सेवा समाज कतार ले यहि २३ फेब्रुअरी २०२४ का दिन आफ्नो १५ औ अधिबेशन सम्पन्न गरेको छ । सन २००५ मा कतारमा स्थापित सो सस्थाले स्थापना काल देखि बिभिन्न सामाजिक गतिविधि तथा आर्थिक सहयोगका थुप्रै कार्यक्रमहरु सन्चालन गर्दै आइरहेको छ । आफ्नो गृहजिल्ला तथा अन्य जिल्लाहरूमा पनि विभिन्न समस्यामा परेका पिडितहरुलाइ उनिहरु बाट आएको अनुरोध तथा सस्था आफैले पनि समस्याग्रस्त क्षेत्र या ब्यक्तिहरुको पहिचान गरी आवश्यकता अनुसारको आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको छ । भुकम्पपिडित ,बृद्धआश्रम , विद्यालय तथा आर्थिक कमजोरीका कारण उपचार गर्न नसकेर पिडित बनेका बिरामीहरुको उपचारार्थ समेत सहयोग गर्दै आइरहेको छ । त्यस्तै रोजगारीको शिलाशिलामा कतारमा आएरसमस्यामा परेका लमजुङे तथा गैह्रलमजुङेहरुलाइ सस्थाले आवस्यकता अनुसार सस्थागत हिसाबले सके जतिको सहयोग गर्दै आएको छ । साथै दुख सुखमा साथ – लमजुङ सेवा समाज भन्ने पबित्र नारा बोकेर बसेको लमजुङ सेवा समाजले प्रवासमा भएकै कारण कुनै पनि चाडपर्वहरु आइरह्दा पनि कसैले पनि नरमाइलो अनुभव नहोस भनेर समय अनुसारका चाडपर्वहरु दशै तिहार तिज आदिमा सामुहिक रुपम भेला भएर रमाइलो गर्दै चाडपर्व मनाउदै आइरहेको पनि छ ।

गण्डकी प्रदेश समन्वय समिति कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यकमम लमजुङ जिल्लाको चिनारी सहितको स्वागत मन्तव्य सस्थाका प्रथम उपाध्यक्ष बिनोद प्रसाद बसौलाले राख्नु भएको थियो भने रोजगारीकै क्रममा कतारमा अकालमा ज्यान गुमाउनु भएका मृतक नेपालीहरुको आत्माको चिर शान्तिको कामना गर्दै स्मरण स्वरुप एक मिनेट मौन धारण गरिएको थियो ।त्यस्तै सस्थाको प्रगति प्रतिबेदन महासचिव बिनोद थापा मगर र आर्थिक प्रतिबेदन कोसाध्यक्ष राज श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
सस्थाका प्रमुख सल्लाहकार तथा निर्वाचन संयोजक नवराज नखोला तथा तनहुँ सेवा समाज कतारला अध्यक्ष र गोर्खा सेवा समाज कतारका अध्यक्ष द्वय सदस्य रहनु भएको निर्वाचन समितिले अध्यक्षमा बिनोद प्रसाद बसौला, प्रथम उपाध्यक्ष कल्याण थापा,द्वितीय उपाध्यक्ष बिनोद थापा मगर, महिला उपाध्यक्ष कमला गुरुङ महासचिव रविन्द्र भन्डारी ,सचिव प्रशान्त कुमाल,कोषाध्यक्ष-राज श्रेष्ठ ,सह कोषाध्यक्ष – रविन्द्र घिमिरे,बेशिशहर न पा संयोजक – परशुराम थापा.सुन्दर बजार न पा संयोजक , मध्यनेपाल संयोजक – जनक कार्की , राइनास न पा संयोजक – देव बहादुर अधिकारी
दोर्दि गा पा संयोजक – रामचन्द्र अधिकारी, क्ल्होसोथार गा पा संयोजक -टेक बहादुर गुरुङ, मर्स्याङ्दि गा पा संयोजक – फलेन्द्र गुरुङ,दुध पोखरी गा पा संयोजक – कृष्ण गुरुङ तथा सदस्यहरुमा नारायण अधिकारी वासुदेव पान्डे , खुशी मिया, कुमारी गुरुङ,पवन थापामगर निर्बिरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

अन्य कार्यक्रमहरु भन्दा पृथक रुपले ब्यबस्थापन गरिएको सो अधिबेशनमा नेपालमा रहेका सहयोगपेक्षीहरुका लगि नयाँ तथा पुराना कपडाहरु पनि सन्कलन गरीएको थियो । भुटेको मकैभट्मास , गुन्द्रुकको अचार र मोहीको स्वाद पस्किदै अतिथि सत्कार गरीएको उक्त कार्यक्रममा पुस्तक प्रदर्शनी तथा बिक्रीवितरण पनि गरिएको थियो ।उपस्थित सहभागीहरुलाइ आकर्षणका लागि निशुल्क राफल चिठ्ठा को ब्यबस्था गरी आकर्षक उपहारहरु पनि प्रदान गरीएको थियो जस्ले गर्दा कार्यक्रमलाइ थप रमाइलो बनाएको थियो ।बिभिन्न कलाकारहरुको साङितिक प्रस्तुतिले उपस्थित सबैलाइ मनोरन्जन प्रदान गरेको थियो। सस्थाका पुर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार नवराज नखोला र कतारमा साङितिक क्षेत्रमा अलग पहिचान बनाउन सफल लमजुङे गित संगीत तथा गायककार मंगल बि क र सस्थाका निरन्तर खट्दै आउनु भएकि कमला गुरुङ र कुमारी गुरुङलाइ सस्थाले सम्मान प्रदान गरेको थियो ।
त्यस्तै कलाकारको सम्मान स्वरुप एनआरएनए कतार आइडल २०२३का गायन र नृत्य तर्फका बिजेता क्रमशः रुस्तन तामाङ र निरु श्रेष्ठलाइ समेत सम्मान गरीएको थियो । सस्थागत सहकार्य गर्दै आउनु भएका बिभिन्न सस्थाहरुलाइ कृतज्ञता पत्र तथा कार्यसमितिका सम्पुर्ण टिमलाइ आभार पत्र प्रदान गरीएको थियो । थुप्रै संघ सस्था र सामाजिक अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको सो अधिबेशनमा सागर नेपाल , हसराज क्षेत्री, बिनेश तामाङ ,अजमत अलि ,राकेश श्रेष्ठ ,बलदेव राना , रघु शर्मा , ध्रुव क्षेत्री ,दिनेश कटुवाल , माया केसि ,केदार भुसाल , रोशन अर्याल आदि शुभेच्छुकहरुले कार्यक्रम सफलताको कामना ब्यक्त गर्नु भएको थियो ।

त्यस्तै सस्थाका प्रमुख सल्लाहकार नवराज नखोला तथा प्रमुख संरक्षक एवम् सस्थापक अध्यक्ष डिलराम गुरुङले पनि शुभ कामना तथा धन्यवाद ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि सागर पौडेलले लमजुङ सेवा समाजले गरेका सामाजिक गतिविधि हरुको प्रसंशा गर्नु भएको थियो ।कार्यक्रमको अन्तमा सस्थाका अध्यक्ष सिताराम थापा तथा कार्यक्रमका सभापति सिताराम थापाले उपस्थित सबैलाइ धन्यवाद सहित सस्था स्थापना गर्ने सस्थापकहरु तथा सस्थालाइ अहिलेको अवस्थासम्म ल्याइ पुर्याउन पुर्याउनु अहोरात्र खट्ने सबै सदस्यहरु तथा शुभ चिन्तकहरु प्रति कृतज्ञता ब्यक्त गर्दै कार्यक्रमको पहिलो खुल्ला सत्र समापन भएको घोसणा गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस