२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

स्याङ्जा सहयोग समाजको १९ औं वार्षिकोत्सव भव्यताका साथ् सम्पन्न

दोहा, स्याङ्जा सहयोग समाज कतारले सुक्रबार आयोजना गरेको १९ औं वार्षिकोत्सव भव्यताका साथ् सम्पन्न सम्पन्न भएको छ l राम्दीघाट वृद्धाश्रम सहयोगार्थको लागि आयोजना गरेको उक्त कार्यक्रम हजारौको उपस्थितिमा नेपालबाट आमन्त्रित कलाकार प्रस्तुतिमा सम्पन्न भएको हो l

“स्याङ्जा सहयोग समाजको चाहना, विशुद्ध सामाजिक सेवाको भावना” भन्ने मुल नाराका साथ स्स्याथापाना भएको स्याङ्गजा सहयोग समाज कतारले हरेक वर्ष आफ्नो स्थापना दिवसको बखत बिभिन्न सहयोगार्थ कार्यक्रम गर्दै मनाउदै आएको छ l यसपाली शुक्रबार १९ अप्रिल दोहाको अल लक्ता स्थित  ट्युनिसियन स्कुलको विशाल सभाहलमा हाजारौ दर्काशक, सहयोगी मन नेपाल बाट आमन्त्रित कलाकार खुमन अधिकारी, कमला गैर्हे र अस्मिता रनपालका साथ संम्पन गरेको हो l

स्थानीय कलाकार पुकार थापाले आफ्नो प्रस्तुति राख्दै सांस्कृतिक कार्यक्रमको ढोका उघारेको कार्यक्रममा लोक तथा दोहोरी गायिका कमला गैह्रे सबैभन्दा पहिला स्टेज चढेकी थिइन्। पहिलो पटक कतार आएकी उनले आयोजकलाई धन्यवाद दिदै आधीँ खोलाको,मायाले जाम मात्रै भन्छ,माली गाइलाई बाटेको दाम्ला, डाँडाघरे साँइली लगायतका आधा दर्जन गित पस्केर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिइन्।

फुटबल खेलाडी समेत रहेकी पछिल्लो समयकी चल्तीकी मोडल तथा डान्सर अस्मिता रनपालको नृत्यले माहोल तताएको थियो । उनको नृत्य सगैं दर्शकहरु छमछमी नाचेका थिए।स्टेजमा नाच्दा नाच्दै दर्शकको बिचमा गएर नाचेकी उनले करिब एक दर्जन ट्रयाक मा निर्त्य गरेकी थिईन l

पन्चेबाजाको धुन सगैं राष्ट्रिय गान बजाएर दिप प्रज्ज्वलन सहित केक काटेर समुद्धघांटन गरिएको कार्यक्रममा समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष वीरेन्द्रजंग केसीको प्रमुख आतिथ्यता रहेको थियो l कार्यक्रममा बाल कलाकार जिया हमालले स्वागत नृत्य पेस गरेकी थिइन् भने स्थानीय कलाकारहरू जीवन खालिङ राई, निरु श्रेष्ठ, रुस्तम तामाङ, अमित राईले आफना प्रस्तुति राखेका थिए ।

कतारमा स्थापित नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, ब्यावासायी, सामाजिक अभियन्तालगायतको उपस्थिति रहेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि केसीले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समिति जन्माएको ठाउँमा आएर प्रमुख अतिथिको भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रमको उत्तरार्धमा आफ्नो प्रस्तुति राख्न  स्टेज चढेका खुमन अधिकारीले करीब दर्जन भन्दा बढी आफ्ना सांगीतिक गित प्रस्तुती पस्केका थिए l खुमनको प्रस्तुतिको पर्खाईमा बसेका दर्शक साझँ सम्म पर्खेर पसिनाले निथुर्क भिजेर नाचिरहेका थिए भने खुमनले दर्शकहरुबाट वान्च मोर पाईरहेका थिए ।पन्चे बाजा देखि दोहोरीमा र्याप सम्मका गीत गएर खुमन दर्शक सगै नाचेर हललाई तताएका थिए l

दिदीबहिनी र भाईचाराको सम्बन्धलाई थप प्रगाढ बन्ने बिश्वास व्यक्त गर्दै कार्यक्रमका सभापतिलाई फेटा (क्रेगी) लगाईदिएर सम्मान गर्दै तमु (गुरुङ) समाज कतारले स्याङ्जा सहयोग समाज कतारलाई मायाको कोशेली स्वरुप (सगुन) प्रदान गरेको थियो । नेपालबाट आमन्त्रित कलाकारहरुले राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतारका कलाकारहरू सगं पन्चेबाजामा लाईभ दोहोरी गाएका थिए ।

समाजका वरिष्ठ उपाध्यक्ष घनश्याम जैसीले  स्वागत राखेको कार्यक्रममा करिब-करिब एक हजार दर्शकहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । समाजका महासचिव टेक गैर्हे,अर्जुन पौडेल र रोशन अर्यालले मिलेर सहजीकरण गरेका थिए ।

कार्यक्रमको समापन पुर्व कलाकारहरुलाई स्याङ्जा सहयोग समाज,दलित एकता सन्ञाल कतार, परियार मित्रता समाज कतारले स्टेजमै दोसल्ला ओढाएर मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरेका थिए । कार्यक्रमलाई बिट मार्दै सभापती परियारले कार्यक्रमलाई विभिन्न तह र तप्काबाट सफल बनाउने सम्पुर्णलाई धन्यवाद प्रकट गरे ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस