२०८१ असोज २ गते बुधवार | 2024 September 18th Wednesday

पाल्पाली सेवा समाज कतारद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

दोहा, २२ जुन २०२४: “पाल्पाली सेवा समाजको प्रतिबद्धता निस्वार्थ समाज सेवा आजको आवस्यकता ” भन्ने मुल मन्त्र बोकि सन २००७ मा स्थापना भएको सेवा समाज कतारले गएको शुक्रबार हमाद हस्पिटलको ब्लडडोनर सेन्टरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सेवा समाजका वरिष्ठ उपाध्यक्ष बिकाश गैरेले रक्तदान गरि शुभारम्भ गरेका थिए । रक्तदाता संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतार अन्तर्गतका सम्पूर्ण जिल्ला संस्थाहरु सह-आयोजक रहेको यस कार्यक्रममा कतारमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित १५२ जनाको सहभागिता रहेको थियो ।

९५ जनाले रक्तदान गर्नको लागि दर्ता गराएकामा ७० जनाले मात्र सफलतापूर्वक रक्तदान गर्न सकेको थियो । विविध कारणबस २५ जनाको रक्तदान भने अस्वीकृत भएको थियो ।

सेवा समाजका अध्यक्ष बिश्वनाथ भट्टराईले रक्तदान गर्ने दाताहरु तथा कार्यक्रममा सहभागी भएर रक्तदान कार्यक्रमलाई सफल बनाउनुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म संचालन भएको थियो ।

यो रक्तदान कार्यक्रमले कतारमा रहेका नेपाली समुदायमा रक्तदान प्रति जनचेतना फैलाउन मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस