२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

नेपाली जनसम्पर्क समिति कतारको १७ औं स्थापना दिवस: महामन्त्री गगन थापा सहित तीन नेता कतार आउँदै

दोहा, २२ जुन २०२४: नेपाली जनसम्पर्क समिति कतारले आफ्नो १७ औ स्थापना दिवस भव्य रुपमा मनाउन लागेको छ । उक्त अवसरमा नेपाली कांग्रेसका श्रद्धेय महामन्त्री एवं संघीय सांसद गगन थापा, केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल, र केन्द्रीय सदस्य एवं पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर कतार आउने भएका छन् ।

जनसम्पर्क समिति कतारका महामन्त्री केदार भुसालले दिएको जानकारी अनुसार, आउँदो शुक्रबार २८ जून, प्लाजा इन (ओल्ड सलाता)को सभाहलमा दिउँसो १२ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुनेछ । समितिले कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन विभिन्न संघसंस्थाहरुलाई निमन्त्रणा पठाईसकेको छ ।

जनसम्पर्क समिति कतारका अध्यक्ष मोहम्मद अजिज अलीले कार्यक्रमलाई सफल पार्न कुनै कसुर नराखिने बताएका छन् ।

कार्यक्रममा दोहामा स्थापित सम्पूर्ण संघसंस्था, राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आस्थावानहरुलाई हार्दिक निमन्त्रणा गरिएको उप-सभापति ठाकुर कुमार परियारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस