२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एन आर एन ए र एफ एन जे कतारको सांसद थापा सङ्ग अन्तरक्रीया

दोहा : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाल पत्रकार महासंघ, कतार शाखाको संयुक्त आयोजनामा नेपाली राजदूतावासको सभाहलमा “अन्तरक्रीया कार्यक्रम ” सम्पन्न भएको छ ।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय गगन थापाको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा नेपाली दूतावास कतारका राजदुत डा.नरेश बिक्रम ढकाल, कतार भ्रमणमा रहनु भएका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य द्वय किरण पौडेल,नैन सिह महर लगायत कतारमा क्रीयाशिल विभिन्न बैचारिक संघ संस्था,सामाजिक लगायत प्रदेश संघ संस्थाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाली जनसम्पर्क समिती कतारको १७ औं स्थापना दिवस मनाउन कतार आएको मौका पारी गरिएको अन्तरक्रीया कार्यक्रममा गगन थापा सहित नेपालबाट आमन्त्रित अन्य नेता लगायतका व्याक्तीत्वहरु मञ्चमा आसिन रहेका थिए ।

“भरीभराउ राजदूतावासको सभाहलमा करिव डेड दर्जन प्रश्नकर्ताले माननीय सांसद गगन थापा माथी सिधा प्रश्न गरे । उनिहरुले पासपोर्ट नविकरण समस्या ,आजाद भिषा, कतारमा रहेका श्रमिकहरुका दुख: पीडा, सेलरिको विषय, स्वास्थ, शिक्षा, बिकास,स्वदेशमा रोजगारी, सहकारी काण्ड, सरकारको अस्थिरता सहित पासपोर्ट बोकेर कहिले सम्म बिदेशिने भन्दै पश्र समेत तेर्साएका थिए ।

माननिय सांसद थापालाई लक्षीत गर्दै कतिपय प्रश्नकर्ताले भबिस्यका प्रधानमन्त्री भनेर सम्बोधन गरिरदा अर्का व्याक्तीले “हुदैन बिहान मिर्मीरेमा तारा झरेर नगए, बन्दैन मुलुक ६०१ सांसद मरेर नगए ” भन्दै ब्याङ्ग कसे ।

“सभाहलमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्ने क्रममा थापाले” हलबाट थुप्रै प्रश्न,गुनासो, सुझावहरु सुन्न बुझ्न् पाएको बताउदै कतिपय सुझाव सल्लाहहरु नेपाल बोकेर जाने अवस्थामा रहेको जानकारी गराए ।

प्रतिनिधि सभाका सांसद समेत रहेका माननीय गगन थापाले नेपालको संसदको सम्रचना नै त्यस्तै रहेको बताए ! कुनै एउटा पार्टीको बहुमत छैन, त्यस्तो अवस्थामा सबैलाई गठबन्धनको सरकार अनिवार्य बनाउनु पर्ने बाध्यता हुन्छ । तर संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउन, देशमा बिकास,रोजगारीको श्रीजना गर्न, राजनीतिक स्थिरता मुख्य आवश्यकता रहेको औंलाए ।

“हरेक बर्ष करिपन पाँच लाख नेपालीलाई रोजगारिको आवश्यकक्ता पर्छ, तर जम्मा ५० हजार जनाको मात्र रोजगार श्रीजना हुन्छ । सोही कारण पनि धेरै नेपाली युवा बिदेशीन बाध्य भए, तर नेपालमै भएका गार्मेन्ट उद्योगहरुमा ” भने ९० % कर्मचारि बिदेशी रहेको थापाको दाबी छ ।

आफ्नै घरको अगाडि मजदुरि गरिबस्ने एक परिवारले “जीवन भरको कमाइ लगेर सहकारीमा ” जम्मा गरेका थिए । तर सहकारीले ठगेर भागे,सोही केशलाई अगाडि बढाउदा  लहरो तान्दा, पहरो तानीएको बताउदै सांसद थापाले चाहे सहकारीमा ठग्ने होस्। यताको होस्, उताको होस्, आफ्नै दलको होस्। दलभन्दा बाहिरको होस्। जतिसुकै शक्तिशाली होस्। कसैले पनि उन्मुक्ति पाउनु नहुने कुरामा जोड दिए ।

सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ र अपचलन गरेको, ठगी गरेको आरोप लगाए । थापाले राजदुत फिर्ताको विषय,एयरपोरर्टमा सुन कान्ड देखि लिएर यहाँका नेपाली श्रमिक समस्या,पासपोर्ट नविकरण समस्या देखि लिएर सभाहलमा उठेका थुप्रै विषयलाई सम्बोधन गरेका थिए ।

नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठको स्वागत मन्तव्य, एनसिसि कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थीले कार्यक्रमको गर्नुको उदेश्य बारेमा प्रष्ट पारेका थिए भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले कार्यक्रममा उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ कतार शाखाका सचिव दिलिप पराजुलीले गरेका थिए।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस