२०८२ असोज २८ गते मङ्गलवार | 2025 October 14th Tuesday

नेपाली पुस्तकालयलाई राजदूत ढकालको पुस्तक उपहार

कतार : कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालले दूतावासको सभाहलमा रहेको नेपाली पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेका छन्। उनले नेपाली, अंग्रेजी साहित्य र कुटनितिक विषयका ५० प्रति पुस्तक उपहार स्वरुप हस्तान्तरण गरेका हुन्।

यो पुस्तक हस्तान्तरण कतारमा रहेका नेपालीहरूको  पठन संस्कृतिलाई  प्रसय दिनका लागि गरिएको हो। राजदूत ढकालले आफूले पढेर मन पराएका र पठनयोग्य तथा प्रभावकारी भएका पुस्तकहरू नेपाली समाजले स्थापना गरेको पुस्तकालयमा हस्तान्तरण गरेका हुन्।

उनले भनेका छन्, “किताब मान्छेको महानतम सम्पदा हो। यसलाई कुनै पनि भौतिक वस्तुसँग तुलना गर्न सकिँदैन।” उनले पठनलाई मानसिक स्वास्थ्यका लागि व्यायाम जत्तिकै जरुरी भएको बताएका छन्।

आजभोली अन्तर्राष्ट्रिय नेपाली समाजमा पुस्तकप्रतिको मोह घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले पुस्तक पढ्ने बानीको विकास गर्नुपर्ने बताएका छन्। उनले इन्टरनेट र मोबाइलमा लिप्त युवा पुस्तालाई पुस्तक पढ्न र चिन्तन मनन गर्न आग्रह गरेका छन्।

यो पुस्तक हस्तान्तरणले कतारमा रहेका नेपालीहरूलाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोड्न मद्दत गर्नेछ भन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस