२०८१ चैत्र १ गते शनिवार | 2025 March 15th Saturday

एनआरएन एनसीसी कतार सँगै ६० भन्दा बढी संस्थाको सहकार्यमा  रक्तदान कार्यक्रम  हुने

दोहा  ।  नेपाली राजदूतावास कतार, एनआरएन एनसीसी कतार र नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा रक्तदान कार्यक्रम हुने भएको छ l

रक्तदान कार्यक्रम  जस्तो मानवीय कार्य यही १९ जुलाई २०२४ का दिन बिहान ८ बजेदेखि नेपाली दुतावासको हलमा हुने जानकारी एनआरएन एनसीसी कतारका अध्यक्ष रमेश भट्टले दिएका छन्।

यस मानवीय कार्यमा ६० भन्दा बढी संस्थाहरूले आयोजक संस्थाको रूपमा आफ्नो नाम समावेश गरिसकेका छन्।

रक्तदान कार्यक्रममा आयोजक संस्था रहन इच्छुक संस्थाहरूले अनिवार्य रूपमा कम्तिमा २ जना रक्तदाता उपलब्ध गराउनु पर्नेछ।

रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागी रक्तदान भन्दा ठुलो अर्को कुनै उपाय छैन । पिडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो । आफ्नो सानो सहयोगले बिपतमा परेकाहरुको जीवन रक्षा जस्तो मानवीय कार्य गर्न पाउनु आफैमा गौरवको कुरा हो । यसै अनुरुप जीवन जोखिममा रहेका मानिसहरुको रक्षाको लागी मानवीय कार्यलाई अगाडी सार्दै समाजले   रक्तदानको कार्यक्रमको आयोजना गर्न लागेको हो  ।

स्मरण रहोस रक्तदान गर्न आउने दाताहरुले निम्न कुराहरुलाई ख्याल गर्नु पर्ने छ । रक्तदाताले आफ्नो परिचय पत्र लाइसेन्स वा हेल्थ कार्ड साथमा लिएर आउनु पर्ने छ । बाहिरको मुलुकबाट कतार प्रवेश गरेको ६ महिना र अघिल्लो पटक रक्तदान गरेको २ महिना पुगेको हुनु पर्ने छ । एन्टिबायोटिक या अन्य औषधि प्रयोग नगरेको साथै २४ घण्टा भित्र मदिरा सेवन गरेको हुनु हुदैन । रक्त दान गर्दा खाली पेटहुनु हुदैन भने रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने छन् । त्यसै गरि दाताको उमेर १८ देखि ६५ बर्षको भित्र रहनु पर्नेका साथै ५० किलो ओजन हुनु आवस्यक छ ।

रक्तदान कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सबैलाई यस पुण्य कार्यमा सहभागी भई सहयोग गरिदिन एनआरएन एनसीसी कतारलेल हार्दिक अपिल गरेको छ  ।

 रक्तदान कार्यक्रममा सहभागी हुन चाहने कसैलाई पनि बिस्तृत जानकारी चाहिएको खण्डमा  एनआरएन एनसीसी कतारसँग  आबद्द पदाधिकारीहरुसंग सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस