२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

नवोदित साहित्यिक वाचनालयमा थपलिया

दिलिप पराजुली
दोहा,

नवोदित साहित्यिक वाचनालय कतारको १६ औं अधिवेशन दोहाको नज्मास्थित गोरखा रेष्टुरेन्टमा सभ्य र भब्यरुपमा सम्पन्न भएको छ ।
नवोदित साहित्यिक वाचनालयका अध्यक्ष नारायण निर्जल भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा
नेपाली राजदूतावास कतारका प्रथम सचिव
साहित्यकार कृसु क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने दोहामा रहेका विभिन्न सामाजिक, राजनीतिक, जातीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सन्दिप थपलिया (सानू) को अध्यक्षतामा क्रमश: प्रथम उपाध्यक्ष: सोम थापा, द्वितिय उपाध्यक्ष: शोभाराम ओली, मोबाइल पुस्तकालय संयोजक: सुरेश परियार, महासचिव:शिव सुबेदी, सचिव:खिम पुन, कोषाध्यक्ष: सुजाता डि. सी, सह- कोषाध्यक्ष: गोबिन्द उदासी, सदस्यहरू – शान्ता थपलिया, मोहमद रफिक मिया, अनवर अली ‘ऋत’, डिल्ली राज के.सि.निर्विरोध निर्वाचित भएका छन्।

भानु जयन्ती समारोहसँगै सम्पन्न कार्यक्रममा पुस्तक प्रर्दशनी पनि गरिएको थियो । कार्यक्रम तीन जना सर्जकले विशेष वाचन गरेका थिए । पुर्ण कान्छा गुरुङले कविता, सुजता डि सि ले मुक्तक र सुरेश परियारले गजल बिधामा धमकेदार प्रस्तुती दिएका थिए ।

कार्यक्रमबाट नवोदित स्रस्टा सम्मानद्वारा नवोदित साहित्यिक वाचनालय कतारका पूर्वअध्यक्ष लेख कार्कीलाई सम्मान गरिएको थियो । कार्कीले लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान गरेको संस्थाका महासचिव सोभाराम ओलिले बताएका छन् । कार्की अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष समेत रहेका छन् । सम्मानपछि उनले भावुक हुँदै भने “नवोदितले आफ्नो सोह्रौँ अधिवेशनको अवसरमा स्रष्टा सम्मानकोरुपमा मलाई दिएको सुन्दर उपहारले भावुक भएँ / छु । मलाई जानकारी नै नदिई मेरो ईतिहास निकालेर प्रोजेक्टर मार्फत भित्तामा बा-आमा र बाबुको धारणासहितको भिडियो देखाउँदा यी आँखाबाट आँसु झरेको पत्तै भएन । मेरा अग्रज तथा समकालीन साहित्यकार / साहित्यप्रेमी मित्रहरूले मेरो बारेमा दिएको सकारात्मक ऊर्जाशील टिप्पणीले नतमस्तक छु । मैले योग्यता भन्दा धेरै तारिफ पाएँ कि भन्ने भावनात्मक घनले हृदयमा हानिरहेको छ । यो आत्मियता र मप्रति हजुरहरूले गरेको विश्वासलाई जोगाउन सकूँ भनि आफ्नो मनले आफ्नै मनलाई भनिरहेको छु ।”
कार्यक्रमका प्रमुख अतिथी कृसु क्षेत्रीले प्रवासमा रहेर पनि यति लामो समयसम्म डबली श्रृङ्गखला कार्यक्रमलाई निरन्तरता दिनु भनेको आफैमा एउटा ठूलो कार्य हो । प्रवासबाट लेख्दा खेरी नेपाली मूलधारमा स्थान पाउनेगरी लेख्नमा जोड दिँदै आफ्ना सिर्जनाहरू निकाल्नमा हौसला दिएका थिए ।
कार्यक्रमका सभापति भण्डारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आउने दिनहरूमा पनि यसैगरी साथ सहयोगको अपेक्षा राखेका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष लिलानाथ घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सोभाराम ओलिले कार्यक्रमलाई सहजीकरण गरेका थिए

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस