२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारबाट फिर्ता बोलाएका राजदुत ढकाल पुनः साउदी अरबको लागी नियुक्त

दोहा  l नेपाल सरकारले भर्खरै मात्र कतारको दुई वर्षे कार्यकाल पूरा गरेर फिर्ता  भएका महामहिम राजदूत  डा नरेशविक्रम ढकाललाई साउदी अरबको  राजदूत सिफारिस गरेको छ ।

ढकालले कतारमा रहँदा उपलब्धिमूलक कार्यकाल  पुरागर्दै आफ्नो कार्यकालमा कतारका राजा शेख तमीम अलथानीलाई समेत नेपाल भ्रमण गराउनका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए।

कतारमा रहेर कतारको नेपाली समाजसँग निकै निकट रहेर काम गरेका ढकालले साउदीमा रहँदा पनि नेपाल र नेपालीको लागि उत्कृष्ट काम गर्ने आशा गरिएको छ।

 

 कतारसँगै नेपाल सरकारले विभिन्न १९ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

निकट स्रोतको जानकारी अनुसार सिफारिस भएका राजदूतहरूको सूची यस प्रकार छ।

साउदी अरब– नरेशविक्रम ढकाल

भारत– शंकर शर्मा

अमेरिका– लोकदर्शन रेग्मी

चीन– कृष्णप्रसाद ओली

बेलायत– चन्द्रप्रसाद घिमिरे

जर्मनी– शैल रुपाखेती

इजरायल– धनप्रसाद पण्डित

दक्षिण अफ्रिका– कपिलमान श्रेष्ठ

दक्षिण कोरिया– शिवमाया तुम्बाहाङ्फे

पोर्चुगल– प्रकाशमणि पौडेल

पाकिस्तान– रिता धिताल

अस्ट्रेलिया– कान्ता रिजाल

स्पेन- सनिल नेपाल

मलेसिया – नेत्रप्रसाद तिमिल्सिना

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस