२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

के तपाईँ सेयर मार्केटबाट आम्दानी गर्न चाहनुहुन्छ?

यस्तो छ, सेयर मार्केटमा प्रवेस गर्ने तरिका

दोहा l विश्व वजारमा सर्वाधिक चर्चाको बिषय रहने सेयरमार्केट नेपालमा पनि चर्चामा नरहने कुरै भएन नेपालमा पछिल्लो समयमा सेयर मार्केट विगतमामा भन्दा वढी चर्चाको शिखरमा छ । यदी तपाईं पनि सेयर मार्केट प्रवेश गर्न चाहनु हुन्छ तर प्रवेश गर्ने आइडिया भएन भने म तपाईंहरुलाई तरिका सिकाउँछु।

विदेशबाट रोजगारी छोडेर स्वदेश जादै हुनुहुछ रोजगारी गुम्यो अब के गर्ने भन्ने चिन्तित हुनुहुन्छ, भने म यहाँहरुलाई सुझाब दिन चाहन्छु ।  तपाईं अब काम खोज्ने हैन तपाईंसँग भएको पैसालाई काममा लगाउने हो । तपाईंसँग पैसा धेरै होस् या थोरै यसले खासै फरक पर्दैन तर तपाईंको सोच भने दिर्घ कालिन हुनुपर्दछ ।

 

आउनोस आज म यहाँहरुलाई शेयर बजारमा प्रवेश गर्ने तरिका बताउछु, म यसको बिज्ञ भने हैन मात्र मैले जानेको कुरा सेयर सेयर गर्न खोजेको हुँ । तपाईं हामी विदेश करीब चौबिसै घण्टा जस्तो अरुको अन्डरमा रहेर काम गरी रहेका हुन्छौ भने जहाँ वसे पनि आफ्नो लागि काम किन नगर्ने ।

शेयर मार्केटमा प्रबेस गर्न साथ फाईदा नै फाईदा हुन्छ भनेर न सोच्नु होला लामो रेस को घोडा हो दिर्घ कालमा यहाँहरुलाई यसले अबस्य पनि फाईदा दिनेछ । सेयर बजारबारे जानेको छैन किन लगानी गर्ने “नजाने गाउको बाटो किन सोध्ने” भनेर पनि तपाईंहरुले सोच्न सक्नु हुनेछ स्वाभाबिक पनि हो । तर सेयर बजार नै यस्तो मार्केट हो जसमा कसैले पनि मैले जानेको छु भनेर घमण्ड गर्न सक्दैन, जानेको छैन भनेर पछाडि पर्दैन जान्दैमा सफल पहिलो प्रयासमै सफल हुन्छ भन्ने छैन ।  पुराना बजार बुझेकाले गुमाएर नयाँले प्रसस्त कमाएका पनि धेरै उदाहरण छन ।

 

यही मार्केट्मा रहेर विश्वको धन्याड्यको सुचिमा रहनु भएकाहरु ले एक सय डलर भन्दा कम लगानीमा सेयर मार्केटमा प्रबेस गरेर अहिले अरबौको सम्पत्तिको मालिक वनेको उदाहरण छन । सेयर वजार जती बुज्यो उती कठिन भने झै सहज तर अप्ठ्यारो बिषय हो ।  पैला बुज्यो अनी बुज्यो झन बुज्यो झन कठिन शेयर बजार यस्तै खालको बजार हो ।

 

अर्थतन्त्र लाई चलायमान बनाउने सेयर बजार को सुरुवात सन १६०० तिर इस्ट इन्डिया कम्पनीले सुरु गरेको हो त्यसपछि सुरु भएको शेयर बजार नेपालमा भने १९९३ सालमा बिराटनगर जुट मिल र नेपाल बैंक लिमिटेडले आफ्नो पुजी वृद्धि गर्नका लागि सर्ब साधारणको लगानीलाई पुजिगत रुपमा भित्र्याउन शेयर जारी गरी  नेपालमा सर्बसाधारणलाई खुल्ला गरियो l यहीँबाट सेयर बजारको सुरु भयो भन्दा अत्युक्ती हुँदैन । नेपालमा२००५ साल माघ ३० मा औपचारिक रुपमा नेप्सेको सुरुवात भएको हो l नेपालको शेयर मार्केट यही नेप्से अन्तर्गत सुचिक्रित भएर कारोबार हुन्छl   अहिले सम्म कारीब २५० कम्पनी यसमा सुचिक्रित छन ।

 

शेयर बजार प्रबेस गर्न अप्नाउन पर्ने तरिका

 

क) बैंक खाता खोल्ने : बैंक खाताको बारेमा यहाँहरु जानकार हुनुहुन्छ होला प्रबासमा रहनु हुने अधिकाम्सको नेपालमा कुनै न कुनै बैंकमा खाता अबस्य छl  खाता हुने लाई सजिलो अबस्य भयो यदी छैन भने पनि नगरिताको कपी र पास्पोर्ट साइजको फोटो लिएर घरबाट पायक पर्ने जुनसुकै बैंकमा गएर पनि यहाँहरुले खाता खोल्न सक्नु हुन्छ । बैंकले ढिलोमा एकहप्ता भित्र खाता नम्बर यहाँहरुलाई दिन्छ । खातानम्बर प्राप्त गरे पछी यहाँको पहिलो सेटेप पुरा हुन्छ ।

 

ख) डिम्याट खाता : यसलाई हितग्राही खाता भनिन्छ जसरी पूर्वजहरुले घरमा पैसा राख्ने सन्दुकको बिकल्प बैंक खाता भयोl  त्यस्तै घरमा धान चामल राख्ने भकारी जस्तै, शेयर राख्ने भकारी भनेकै हितग्राही खाता हो । यो खाता तपाईंले जुन बैंकमा बैँक एकाउन्ट खोल्नु भएको छ त्यही बैँकमा खोल्दा धेरै सहज हुन्छ । हित ग्राही खाता तपाईंले बोर्कर अफिस र बैँक जहाँबाट पनि खोल्न सक्नु हुनेछ  l तपाईंलाई खाता खोलेको एक हप्ता भित्र हित ग्राही नम्बर बैँकले दिन्छ । हित ग्राही खाता खोले पछी तपाईंले शेयर मार्केट प्रवेश गर्नु भयो भनेर बुज्दा हुन्छ । यदी यती दुइवटा मात्रा खाता छ भने तपाईं (आईपीओ) भर्न बैंकमा धाउनु पर्दछ ।

 

ग) मेरो सेयर, सि आस्वा : यदी तपाईं सेयर भर्न बैँक धाउन गाह्रो मान्नु हुन्छ, देशविदेश जहाबाट पनि भर्न चाहनुहुन्छ भने तपाईंले मेरो शेयर खाता खोल्न सक्नु हुन्छl  यसको शुल्क जम्मा ५० पर्दछ साथै  हरेक बर्ष नवीकरण गर्नु पर्दछ । तपाईंले मेरो सेयरको खाता खोले पछि बैँकले तपाईंलाई एक लिँक दिन्छ जुन लिंकमा तपाईंको बैँक खाता पनि जोडीएको हुन्छ ।  लिंक तपाईंलाई बैँकले पठाउछ प्राप्त लिंकमा तपाईंको खाता नम्बर र पास्वर्ड हुन्छ त्यो पास्वोर्ड तपाईंले चेंज गर्नु पर्ने हुन्छ ।

 

घ) सि आर एन नम्बर : तपाईंले जुन बैक खाता खोल्नु भएको छ त्यहीबाट लिन सक्नु हुन्छ त्यहीबाट तपाईंले सि आर एन नम्बर लिए पछि मात्र मेरो सेयरबाट अन्लाई फर्म भर्न सक्नु हुन्छ । यो सजिलोको लागि हो तर अनिबर्य भने हैन ।  मेरो सेयरको लिन्क प्राप्त भए पछि फर्म प्राथमिक शेयर (आईपीओ) अन्लाइन मार्फत भर्न तपाईं सक्नु हुन्छ त्यस्को लागि बैँकले तपाईं लाई सिआरएन नम्बर उपलभ्द गराउछ त्यो उपलब्ध भए पछी तपाईंले सिधा प्राथमिक शेयर घरमा बसी बसी  खरिद गर्न सकिन्छ ।

ङ) ग्राहक् कोड : सेयर खरिद मात्र हैन अबसर राम्रो पाएमा दोस्रो बजारमा खरिद बिक्री गर्न को लागि ब्रोक्ररमा गएर क्लाइन्ट कोड लिन पर्दछ । यसको लागि ब्रोकरले दिएको फर्म भर्नु पर्दछ यो फर्म तपाईंको सेरयर ब्रोकर कुन हो त्यही बाट गर्न सक्नु हुन्छ ।  नियम अनुसारको फर्म भरेपछी तपाईंलाई ब्रोकरले केहीदिनमा कोड उपलभ्ध गराउछ । कोड युज गरी खरिद बिक्री गर्न सक्नु हुन्छ यसको लागि तपाईंले सेयर ब्रोकर अफिसमा ग्यारेन्टी चेक दिन पर्ने हुन्छ त्यसपछी तपाईंले खरिद बिक्री गर्न सक्नु हुन्छ । खरिद्को पैसा तपाईंले पे गर्नु पर्ने हुन्छ भने विक्रिको पैसा तपाईंले तिर्नु पर्ने हुन्छ ।

च) अन्लाइन मार्फत कारोबार गर्ने भए : अन्लाइन सुबिधाको लागि अन्लाइन फर्म भरेपछी तपाईंलाई बोर्करले ईमेल गर्छ क्लाइन्ट कोड त्यही हुन्छ पासवर्ड दिन्छ पार्पत पासवर्ड तपाईंले परिवर्तन गर्न सक्नु हुनेछ टि एम एस नेप्सेको वेबसाइड मार्फत तपाईंको क्लाइन्ट कोड र र पासवोर्ड प्रयोग गरे पछि एक क्याप्चा आउछ क्याप्चालाई टाइप गरे पछि तपाईंलाई अन्लाइन खरिद बिक्री गर्न सक्ने विंडो भित्र पस्नु हुन्छ । अब तपाईं जहाँ बसेपनी मजाले सेयर खरिद विक्री गरी आफ्नो आम्दानी बढाउन सक्नु हुने छ ।

प्रकाशित मिति : २०८१ साउन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस