२०८२ असार २२ गते आइतवार | 2025 July 6th Sunday

अनेसास नवोदित साहित्यिक डबलीको १४९ औं शृङ्खला सम्पन्न ।

दोहा, l लामो समयदेखि साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार र नवोदित साहित्यिक वाचनालय कतारको आयोजनामा हुने साहित्यिक वाचन डबलीको १४९ औं शृङ्खला भब्य र सब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रममा सामाजिकरुपमा चिरपरिचित व्यक्ति मोना कतारका निवर्तमान अध्यक्ष तथा मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामी विशिस्ट श्रोताकोरुपमा रहेका थिए । कार्यक्रममा दुई दर्जन सर्जकले आफ्नो रचना सुनाएका थिए ।
अनवर अलिको मुक्तकबाट शुरु भएको कार्यक्रममा लेख कार्की, दिलिप पराजुली, सानू थपलिया, प्रेम प्रसाद भट्टराई, सिताराम थापा, तिर्थ संगम राई, लिलानाथ घिमिरे, सुजाता डि सि, सदिक्षा थपलिया, सुरेश परियार , डिल्लीराज केसी, रफिम मिया, खिम पुन, पूर्ण कान्छा गुरुङ, सन्तोष केसी, निर्दोष बस्याल “सामन्ती”, नारायण भण्डारी “निर्जल”,  शोभाराम ओली, खेमराज सुवेदी, राज रुचाल, सुजाता डिसी, लीलानाथ घिमिरे, गणेश बस्याल, प्रकाश पाठक “योगी” ले आफ्ना साहित्यिक रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै विशिष्ट स्रोता फगामीले
मोना कतार र साहित्यिक संस्थाको घनिष्ठ सम्बन्ध स्मरण गर्दै आगामी दिनहरूमा पनि समयले साथ दिएसम्म निरन्तर उपस्थित हुने बताए । आफू साहित्यलाई माया गर्ने तर कार्यक्रम हुँदा समयानुकूल नभएकोले आउन नसकेको बताए । उनले थप्दै भने आगामी आउने डबलीदेखि यसलाई निरन्तरता दिने बताए । हरेक मान्छेमा आफूमा एउटा न एउटा खुबी हुन्छ तर आफैंले चिन्न सक्नुपर्छ यहाँहरूले आफ्नो बाटो चिन्नुभएको छ भन्दै कार्यक्रम विसर्जन गरे ।
फगामी एक कुशल सामाजिक व्यक्तित्व हुन् । कार्यक्रमलाई एकदम साहित्य पुर्ण हिसाबले कुशल संचालक सोम थापाले संचालन गरेका थिए

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस