२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

किरात राई यायोख्या शाखाको स्थापना दिवस सम्पन्न

नेपाल आदिवासी जनजाती महासंघ कतारको चर्चा

दोहा । किरात राई  यायोक्खा  शाखा कतारको एक्काइसौँ स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम मातृ संस्थाहरूको छाता संगठन नेपाल जनजाति महासंघ कतारका अध्यक्ष डि एन  मगर प्रमुख अतिथि रहेको कार्यक्रम रेडचिली रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

विक्रम सम्वत् २०६० सालमा स्थापना भएको किराया शाखा कतारले गत शुक्रबार एक्काइसौँ स्थापना दिवस मनाएको हो l कार्यक्रममा नेपाली समाज तथा  मातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य दिएका थिए l

कार्यक्रममा विषयान्तर हुँदै जनजाति महासङ्घका गतिविधि र त्यससँग सम्बन्ध अन्य क्रियाकलापबारे चर्चा भएको थियो lयस विषयमा बोल्दै प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासङ्घ कतारका अध्यक्ष डि एन  मगरले हामी भूमिपुत्र  आदिवासी जनजाति माथि बारम्बार प्रहार भईरहेको  छ । यसबीच भर्खरै पनि आन्तरिक तथा बाहिरी केही समूहले षड्यन्त्र गरी जनजाति महासङ्घ कतारको नाम प्रयोग गरेको बताए । यस्ता केही समूहले आदिवासी जनजाति महासङ्घ कतारको नाममा तदर्थ समिति समेत घोषणा गरेको,  सो आदिवासी जनजाति महासङ्घको तदर्थ समिति आधिकारिक नभएको र क्रियाशील रूपमा रहेको आफ्नो नेतृत्वमा रहेको महासङ्घ नै आधिकारिक  रहेको स्पष्ट पारेका थिए l

उनले क्रियाशील  महासङ्घ कतारको मातहतमा रहेका सम्पूर्ण मातृसंस्थाहरू नै आधिकारिक मातृ संस्था रहेको बताएका थिए। यस विषयमा विभिन्न तरिकाबाट आइरहेका समाचारहरूबाट भ्रमित नहुनका लागि सम्पूर्ण नेपाली समाज तथा आदिवासी जनजातिहरूलाई आग्रह समेत गरेका छन्। पत्रकारहरूलाई नेपाल आदिवासी जनजाति महासङ्घ कतार अन्तर्गत रहेका मातृ संस्थाहरू नै आधिकारिक मातृ संस्थाहरूको रहेकोले यस्ता विषयहरूमा बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरेका थिए।

 

नेपाल आदिवासी जनजाति महासङ्घ कतारले केही दिन अगाडि मात्र सम्पन्न गरेको  विश्व आदिवासी जनजाति महासङ्घ ३०औँ स्थापना दिवसको कार्यक्रमलाई प्रत्यक्ष असर पर्नेगरी गरिएको षड्यन्त्रका विषयमा सूक्ष्म छलफल, समीक्षा र अनुसन्धान भइरहेको पनि बताएका थिए l सम्पूर्ण अनुसन्धान पछि आएका तथ्य प्रमाणका आधारमा कारबाहीका प्रक्रिया समेत अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

किराया शाखाले आफ्नो स्थापना दिवसमा आफ्नो मौलिक संस्कृति परम्परा जोगाउँदै आइरहेका किराँत राईहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आफ्ना परम्परागत संस्कृतिहरू समेत प्रस्तुत गरेका थिए। संस्थाका संस्थापक सदस्य अमृत कुमार राईलाई संस्था तथा समुदायलाई पुर्याएको योगदानको कदर गर्दै “फेटा सहित मायाको चिनो” प्रदान गरिएको थियो । कार्यक्रममा चिट्ठा कार्यक्रमको पुरस्कार  जित्ने  भाग्यशाली व्यक्तिहरूको प्रत्यक्ष रूपमा नाम घोषणा गरिएको थियो।

 

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष जीवन राईले गरेका थिए, भने कार्यक्रम सञ्चालन लक्ष्मीप्रसाद राईले गरेका थिए l

वरिष्ठउपाध्यक्ष राजकुमार राईको स्वागत मन्तव्यसँगै सुरु गरिएको  कार्यक्रमको बारेमा जानकारी प्रथम उपाध्यक्ष प्रेम राईले दिएका थिए।

 

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस