२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा तीजको माहोल : जमुना सनमको साङ्गितीक प्रस्तुतीमा रमाए दर्शक

दोहा : शुक्रबारको मध्याह्न गर्मी, नेपाली नारीहरूको महान पर्व हरितालिका तीज पर्वको अन्तिम दिन, प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एकदिन भएपनि तीजमा धोको फुकाएर नाचगान गर्न कतारका विभिन्न ठाउँबाट दोहा स्थित “होटल क्राउनप्लाजाको सभाहलमा नेपाली चेलिबेटीहरूको ओइरो लागेको थियो l

दिनको १ बजेदेखि सुरु भएको नाचगान साँझ ७ बजे समापन गरुन्जेल सम्म पनि नाच्न छोडेनन । तीजको दरको स्वाद लिदै “परम्परागत तीजका भाकाहरुमा” धित मरुञ्जेल नाचे ।

” प्रवासी नेपाली एकता मञ्च कतारको, महिला बिभागको आयोजनामा नेपाल बाट आएकी अतिथि कलाकार चर्चित गायिका जनुमा सोनमको ” मेरा त बुढाले रक्सी खादैनन, जस्ता थुप्रै गीत हरुमा प्रस्तुति राख्दा दर्शक हरुले भरपुर्ण मनोरञ्जन लिए ।

साङ्गितिक यात्राको क्रममा पहिलो चोटि कतार आएकी सोनमले दुई चोटि गरेर करिव दर्जन भन्दा बढी चर्चित गीत हरुमा आफ्नो प्रस्तुति पस्कीइन । सोनमले आयोजकप्रति आभार व्यक्त गर्दै निमन्त्रणा गरेर कतार आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरिन् ।

कार्यक्रममा कतारमा रहेका करिब २ दर्जन बढि कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिए । गायन र नृत्य विधामा कलाकारको प्रस्तुतिले हललाई तिजमय बनाएको देखिन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि, पूर्व मन्त्री एवंम प्रखर युवा राम कुमारी झाँक्रीले “डिजिटल भोटिङ’ को सम्भावना नरहेको बताइन । विशेष गरि प्रवासमा रहेका नेपाली हरुले “डिजिटल भोटिङको” लागि माग गरेको बताएपनि अहिले त्यस्तो सम्भावना नरहेको जानकारी गराइन ।

पुर्व मन्त्री समेत रहेकी झाक्रीले देश बिकास नहुनुमा राजनीति ताल मेल नहुनु, धेरै भ्रष्टाचार हुनु, बिदेशबाट पठाएको रेमिट्यान्स लाई सहि सदुपयोग गर्न नसक्नु, बिदेशबाटमा सिकेको सिपलाई उचित ठाउँमा सदुपयोग गर्न नसक्नु,पार्टीगट बिचारमा बेमेल हुनु जस्ता कारण रहेको कार्यक्रममा बताइन ।

तीज पर्व हिन्दु समुदायको मात्र भन्दापनि सबै समुदाय भाषा,जातजाती को भएको बताउदै प्रवासमा पनि उल्लासमय तरिकाले तीज मनाएकोमा आयोजक प्रती आभार सहित धन्यवाद व्यक्त गरिन ।

सन्तोष रेग्मीले सहजीकरण गरेको कार्यक्रममा, कार्यक्रम संयोजक राम कुमारी तामाङको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको समापन गर्दै आयोजक संस्था प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले कार्यक्रम सफल बनाउन सहयोग गर्ने विभिन्न विभाग, नेपाल बाट आमन्त्रण अतिथि गण सहित कलाकार, प्रायोजक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको समापन गरे ।

कार्यक्रममा नेपाल बाट आमन्त्रण कलाकार, प्रमुख अतिथि लाई मायाको चिनो सहित कार्यक्रमलाई सफल बनाउन विभिन्न कोणबाट सहयोगलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटीमा आबद्ध नेतागण सहित बैचारिक संघ – संस्था,जनजाती महासंघ,पत्रकार महासंघ, एनआरएनए एनसिसि कतार लगायत विभिन्न व्यक्तित्व हरुबाट कार्यक्रम सफलताको कामना गर्दै तीज पर्वको शुभकामना व्यक्त गरिएको थियो

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस