२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

प्रवासी भुजेल समाज कतारले १४ औं स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गदै

दोहा- प्रवासी भुजेल समाज कतारले आफ्नो १४ औं स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गर्ने भएको छ ।

“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नाराका साथ कतारमा सन् २०१० देखि स्थापना भएको समाजले आफ्नो १४ औ स्थापना दिवस तथा चेलिबेटी भेटघाट कार्यक्रम गर्ने भएको हो ।

कतारको ग्रान्ड मलस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा आगामी १३ सेप्टेम्बर शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष बिकास भुजेलले जानकारी दिएका छन् ।

भुजेलले कार्यक्रममा कतारमा रहेका भुजेल दाजुभाई तथा दिदिबहिनी साथै गैर भुजेल दाजुभाई दिदिबहिनीहरूलाई पनि उपस्तिथिको लागि अनुरोध समेत गरेका छन्।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस