२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

स्याङ्जा सहयोग समाज अजुनचौपारी इकाई कतारको नयाँ नेतृत्व चयन

दौहा, कतार: स्याङ्जा सहयोग समाज कतारको मातहतमा रहेको स्या.स.स.अजुनचौपारी गाउँपालिका इकाई कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ। शुक्रबार सल्वा रोड स्थित सभाहलमा भएको यस अधिवेशनमा सर्वसम्मत रुपमा दिल बहादुर सुनार को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष प्रकाश परियार को प्रमुख आतिथ्यता तथा कार्यवाहक अध्यक्ष विष्णु प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा केन्द्रीय कार्यसमिति तथा अन्य इकाईका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा निवर्तमान कार्यसमितिका अध्यक्ष , सल्लाहकारहरू विभिन्न समयमा संस्थालाई सहयोग पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा संरक्षकहरू घनश्याम अर्याल सूर्य अर्याल प्रमुख अतिथि प्रकाश परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए। निर्वाचन कमिटीका संयोजक सूर्य अर्यालले नवनिर्वाचित समितिको घोषणा गरेका थिए। भने कार्यक्रमका प्रमुख अतिथि तथा स्याङ्जा सहयोग  समाज कतारका अध्यक्ष प्रकाश परिवारले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई निर्वाचित प्रमाणपत्र सहित शपथ खुवाएर कार्यक्रम समापन पारेका थिए।

नव निर्वाचित कार्यसमिति:
अध्यक्ष: श्री दिल बहादुर सुनार ( राजु )
वरिष्ठ उपाध्यक्ष: श्री किरण बि.क.
प्रथम उपाध्यक्ष: श्री शिव प्रसाद पौडेल
द्वितीय उपाध्यक्ष: श्री दिपक बि.क.
महासचिव: श्री पंकज बि.क.
सचिव: श्री अमित चापागाई
कोषाध्यक्ष: श्री रेशम नेपाली
सह कोषाध्यक्ष: श्री महेन्द्र पौडेल
सदस्यहरु: श्री तेज प्रसाद खनाल,
श्री तिल प्रसाद खनाल, श्री सन्तोष बि.क.

प्रकाशित मिति : २०८१ भाद्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस