२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

नवौँ संविधान एवं राष्ट्रिय दिवस बिवाद्का बिच सम्पन्न

दोहा कतार,

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा दुतावासको हलमा भएको कार्यक्रमको तालीका माथी नै प्रभावित पार्ने गरेर वादविवाद सृजना भयो । नेपाली राजनितिक दलका भातृसंगठनहरुका प्रमुख तथा प्रतिनिधी सहित अन्य केहीले वादविवाद सहित भनाभनमा उत्रिदा कार्यक्रम स्थल नै १५ मिनेट जति तनावग्रस्त रह्यो । दूतावासले संविधान दिवस जस्तो महत्वपूर्ण कार्यक्रममा गम्भीर नभई जस्ले संविधान ल्याउन महत्त्वपूर्ण भुमिका खेले उनिहरुलाई नै बाईपास गरेर जान लागेको कारण विवाद चर्किएको थियो ।

दूतावासको सभा हलको बाहिर शुक्रवार बिहान झन्डोत्तोलन पछि सभा हलमा प्रज्वलन गर्दै सुरु गरिएको कार्यक्रममा एनआरएनए एनसिसि कतारका अध्यक्ष रमेश भट्टले पहिलो शुभकामना मन्तव्य राखे । त्यस लगत्तै नेपाल व्यवसायी सङ्घ कतारका उपाध्यक्ष नरेन्द्र भाटले शुभकामना मन्तव्य राखे ।

भाटले मन्तव्य राखेर पोडियमबाट बिदा भएपछि कार्यक्रम सञ्चालक सन्दीप सापकोटाले नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कुमार राईलाई शुभकामना मन्तव्य राख्न पोडियममा आमन्त्रण गरे । राई पोडियम नपुग्दै नेपाली जनप्रगतीशिल मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोटाले जुरुक्क उठेर कम्तीमा प्रतिनिधि सभामा रहेका राजनितिक दलका भातृसंगठनलाई शुभकामना मन्तव्य राख्न किन दिइएन भनेर प्रश्न गरे । देवकोटा सँगै रहेका प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मोहमद मुक्तदाले समेत समर्थन जनाए । नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलि, प्रवास नेपाली सम्पर्क विभाग-कतारका सभापति अब्दुल करीम सहित अन्य भातृसंगठनका प्रतिनिधि तथा प्रमुखले कार्यक्रममा शुभकामना मन्तव्य राख्न पाउनु पर्ने भनी आवाज चर्काए ।

सभापति अलिले विश्वभर रहेका र खाडीका अन्य दूतावासले सबै संघसंगठनलाई समेटेर भव्य रूपमा संविधान दिवस मनाईरहदॉ कतारको दूतावासमा सिन्डिकेट किन लगाइएको हो भनेर प्रश्न गरे । कार्यक्रममा यही विषय चर्कँदै गयो । पोडियममा रहेका राईले चर्का चर्की १५ मिनेट सम्म हेरी रहे । उनले आज प्रधानमन्त्री अमेरिका जाने र प्रोटोकल ड्युटीका कारण एयरपोर्ट जानु परेको हुदॉ कार्यक्रम छोट्टाइएको बताए तर उनका कुरा न कसैले सुने न कसैले माने नै ।

देशको आमूल परिवर्तनमा नेपाली राजनितिक दलको प्रमुख भूमिका हुन्छ, एनआरएन र व्यवसायी सङ्घको के भूमिका छ र संविधान दिवसमा स्थान दिइयो र भातृसंगठनलाई बाइपास गरियो भन्दै बहस चर्काचर्कीमै बढी रह्यो । कि शुभकामना मन्तव्य राख्न पाउनु पर्ने नत्र आफूले यो कार्यक्रम नै बहिस्कार गर्ने भन्दै देवकोटा हलबाट बाहिरिन खोजेपछि शुभकामना मन्तव्य राख्न दिनु पर्ने कुरामा हलमा उपस्थित विभिन्न सङ्घसंस्थाका अध्यक्ष तथा प्रतिनिधिले हुटिङ गर्दै ताली बजाएर समर्थन गरे ।

जनसम्पर्कका सभापति अलिले आर्थिक सहित दूतावासका बेतिथिका बिरुद्घ बोल्छन् बनेर सिन्डिकेट लगाएको आरोप लगाएपछि नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदीले सङ्गठनको नेतृत्व गरेका व्यक्तिहरूले त्यसरी गलत आरोप नलाउन चेतावनी दिँदै कड्किए । संविधान दिवस मनाउन दूतावासको हलमा जम्मा भएकाहरू एकातिर र दूतावास एकातिर जस्तै माहौल बन्दै गएपछि प्रथम सचिव सुबेदीले माहोललाइ सम्हाल्दै कार्यक्रम तालिका बनाउने क्रममा केही त्रुटि भएको महसुस दूतावास परिवारले गरेको हुदॉ उक्त गल्तीका लागी माफी माग्दै सबैलाई शुभकामना मन्तव्य राख्न दिने बताएपछि कार्यक्रम पुन सुरु भयो । त्यसपछि मात्र सौहार्द पूर्ण रूपमा वैचारिक सङ्गठन सहित आदिवासी जनजाति महासङ्घ, नेपाली महिला समाज सहित केही सामुदायिक संस्थाका प्रमुखले शुभकामना मन्तव्य राखे । नेपाल पत्रकार महासङ्घ शाखा कतारलाई किन बाइपास गरेको भनी अध्यक्ष दिल श्रेष्ठले प्रश्न गरे । उनले दूतावासले बनाएको सेड्युलमा महासङ्घलाई सामुदायिक संस्था भन्दा पछाडि राखेर राष्ट्रको चौथो अङ्गको अपमान गरेको भन्दै भविष्यमा सुधारेर लैजान सुझाव दिए ।

 

सचिव सुबेदीले माहौललाई चिसॉउदै माफी माग्दै सम्हाल्दै कार्यक्रमलाई सहजिकरण गर्दै गए । कार्यक्रमको अन्तिममा कार्यबहाक राजदूत राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना दिएका थिए । उनले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार सहित विशेष विशेषताहरूको गहिरो रहेको बताएका थिए । सार्वभौम सत्ताको मालिक नेपाली जनता नै हुने कुरा नेपालको संविधानले प्रमाणित गरेको र राष्ट्रिय एकतामा जोड दिएको बताए । मन सफा शुद्ध र पवित्र भए व्यवहार पनी राम्रो हुने उनको धारणा थियो ।

राष्ट्रिय दिवसको अवसरमा हरेक वर्ष दूतावासका एक जना कर्मचारीलाई प्रदान गरिने “उत्कृष्ट कर्मचारी पुरुष्कार” यस पटक जनसम्पर्क अधिकृत अलि मुद्दिन रसुल मियॉलाइ नगद सहित सम्मान प्रदान गरिएको छ

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस