२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिबेशन बाट अध्यक्षमा : शाही

दोहा – अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशन सम्पन्न भएको छ ।शुक्रबार ग्राण्ड मल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनको बन्द सत्रबाट राजाराम शाहीको अध्यक्षमा २४ जना पदाधिकारी सहितको नयाँ कार्यसमिति चयन भएको हो।

वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री ,उपाध्यक्षमा रामजी सुवेदी,पुष्पराज भण्डारी,सरोज कुमार महतो, रामचन्द्र गिरी  महिला उपाध्यक्षमा ललिता बोहरा,महासचिवमा नवीन निरौला,सचिबमा नर बहादुर गुरुङ,रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह- कोषाध्यक्षमा प्रेम कुमार गुरुङ निर्वाचित भएका छन ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा  बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क, खगेन्द्र कुमार मगर, उत्तम भित्रिकोटी, पुर्ण बहादुर गुरुङ,ढकेन्द्र कार्की,अमित बि.क, बसिर रैन, सुर्य बहादुर गुरुङ, श्रवण महतो रहेका छन । नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण समाजका उत्प्रेतक बुधबल गुरुङले गराएका थिए।

समाजका अध्यक्ष राजाराम शाहीको सभापतित्व तथा समाजका उत्प्रेतक एव सघिंय परिषद सदस्य बुधबल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।

अधिवेशनमा विभिन्न सामाजिक तथा बैचारिक संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । केहि वक्ताहरुले कतारमा रहेका श्रमिकहरुलाई बिशेष गरी सामाजिक सुरक्षा कोष,श्रम नविकरण,बिधिगत प्रणाली मार्फत डिम्याट खाता कसरी खोल्ने भन्ने बिषयमा सजग गराउदै सचेतना तथा प्रशिक्षण गर्नु पर्ने आवश्यकता रहेको बताए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले नेपाल समाजवादी नयाँ शक्ति पाटीले आफुलाई पाटीको सघियं परिषद सदस्य, महाधिवेशन आयोजक समिति, कतार ईजरायल र साईप्रसको उतप्रेरकको जिम्मेवारी दिएको बताए । गुरुङले आगामी दिनमा कतारमा स्थापित बैचारिक सगंठनहरु सगं हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता जाहेर गर्दै चौथो अधिवेशन बाट आउने नयाँ कार्यसमितिलाईशुभकामना समेत व्यक्त गर्नु भएको थियो।।

समाजका महासचिव धुर्व क्षेत्रीले सहजीकरण गरेको कार्यक्रमम खुल्ला सत्रलाई समापन गर्दै सभापति शाहीले अधिवेशन सफल पार्न विभिन्न तह तप्काबाट सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम सम्मापन गरेको थियो।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस