दोहा : खोटाङ सेवा समाज कतारले आफ्नो २८औं स्थापना दिवस विविध कार्यक्रम गरि भब्य तरिकाले मनाएको छ ।
“कतारमा स्थापित नेपाली संघ – संस्थाहरु मध्यकै सबैभन्दा पुरानो जिल्ला संस्थाको रुपमा परिचीत संस्था खोटाङ सेवा समाज कतारले आफ्नो २८औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान,साहित्यिक प्रस्तुतिहरु सहितको साँस्कृतिक तथा बनभोज कार्यक्रमको आयोजना गरि शुक्रबार साहनियमा अवस्थित अल दोसारी जु गार्डेनमा मनाएको हो ।
संस्थाका अध्यक्ष डिल्लीशेर खड्काको खड्काको सभापतित्वमा, गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आथित्यमा गरिएको कार्यक्रममा समाजका संरक्षक, सल्लाहकार, बैचारिक संस्थाका प्रतिनिधि लगायत अन्य विभिन्न संघसस्था,पत्रकार,बुद्धिजीवी तथा सामाजिक ब्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
दिप प्रज्वलन,राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा २८ औं जन्मजयन्तीको केक काटिएको थियो । कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष
पर्शुराम श्रेष्ठ (पवन) ले स्वागत मन्तव्य सहित जिल्लाको इतिहासको बारेमा संक्षीप्त जानकारी गराए । उपस्थिति कलाकारले स्वागत नृत्य प्रस्तुत गरे ।
कार्यक्रमका विशेष अतिथि तथा संस्थाका मानार्थ सदस्य सागर नेपालले खोटाङ सेवा समाज कतारको स्थापनाको ईतिहास देखि अहिले सम्म आउदा सक्रियताको साथ सामाजिक सेवामा कृयाशिल रहेकोले यसरी नै सधै सकृयताको साथ सामाजिक कामहरु गरिरहेको आफुले देख्न चाहेको बताए ।
कार्यक्रमका विशेष अतिथी एवं संस्थाका प्रमुख संरक्षक प्रेम प्रशाद भट्टराईले भब्य कार्यक्रम आयोजना गरेर खोटाङ सेवा समाजको गरिमालाइ अझै उच्च बनाउन महत्वपुर्ण भुमिका खेलेकोमा बर्तमान कार्यसमितिलाइ धन्यवाद दिदै कतारमा रहेका सम्पुर्ण नेपालिहरुले सामाजिक कार्यहरुमा समर्पित हुँदै गर्दा प्रवासमा रहेका नेपालि हरुलाइ नेपाल सरकारले उपलब्ध गराएको स्वस्थ्य बिमा, सामाजिक सुरक्षाकोष, शेयर बजारमा सहभागिता लगायतमा आफुलाइ समावेश गराएर फाइदा लिन सुझाव समेत दिएका थिए ।
प्रमुख अतिथि एनसीसि कतारका अध्यक्ष रमेश भट्टले खोटाङ सेवा समाज कतारले २८ बर्षको अन्तररालमा गरेका कार्यहरुको चर्चा गर्दै,कतारमा स्थापित अरु संस्थाले पनि थुप्रै कुरा सिक्न, जान्नु पर्ने बताए ।
“कतारमा नेपाली महिला मात्र नभएर थुप्रै पुरुष दाजुभाइ श्रमिकहरु पनि समस्या परेको जनाउदै एनआरएनए कतार सधैव नेपाली श्रमिकहरुको हकहितको पक्षमा उभिएको जनाएर ।
भट्टले आइसीसीमा देखीएको विवाद बारेमा बोल्दै एनसीसी कतार सधैव एकताको पक्षमा उभिएको बताए ।
” हामी एकताको पक्षमा छौं । हामी कसैको झोला बोकेर पछि लाग्दैनौ । “कसैले तान्दैमा पक्ष बिपक्षमा लाग्ने छैनौं” अदालतले गरेको डिसिजन नै अन्तिम हुने हुँदा ” एकताबद्दता आइसिसि रहोस भन्ने कामना गरेको प्रष्ट पारे ।
कार्यक्रममा साङ्गितिक प्रस्तुति तर्फ गैरआवासिय नेपाली तारा रुस्तम तामाङ लगायत कलाकारहरु लक्ष्मी कार्की, गुना मगर (निशु), गौतम लिम्बू, एलिशा राइ, एन्जल राइ, सुनिता राइ, र मनिष लिम्बुले गायन प्रस्तुती दिएका थिए ।
गैरआवाशिय नेपाली तारा निरु श्रेष्ठ लगायत कलाकारहरु सिर्जना तामाङ, सोनिशा तामाङ, जीवन राई, सरिता श्रेष्ठ, खड्ग बस्नेत, र मगर संघका कलाकारहरुले बेजोड नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी हुन आएका गैरआवाशिय नेपाली तारा २०१२ का बिजेता अजय परियारले पनि आफ्नो कुशल नृत्यको माध्यमबाट माहोललाइ उत्साहित बनाउन मद्धत गरे ।
साहित्यकार सिताराम थापाको कविता र सुजता डिसिको गजल सहितको विशेष सहित्यिक प्रस्तुतिले कार्यक्रमलाइ थप शोभनिय बनाएको थियो । कार्यक्रममा प्रस्तुती दिने कलाकार, साहित्यकार लगायतलाई समाजले “सम्मान ” पत्र बाट सम्मान गरेको थियो ।
समाजका अध्यक्ष कार्यक्रमका सभापती डिल्लीशेर खड्काले उपस्थित सम्पुर्ण विभिन्न संघ सस्थाबाट प्रतिनिधित्व गर्नुहुने अतिथि हरु, कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल पार्ने कार्यसमिती तथा बिभिन ठाउँ बाट योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन भएको बताए । औपचारिक कार्यक्रमको सहजीकरण संस्थाका महासचिव महेश दाहालले गरेका थिए ।