
दोहा । सनैयाको स्थित बिएमडव्लु सोरुमको पारी एनखालिद तर्फ रहेको अल नाईफ सुक भित्र नेपाली व्यावसायीहरुले नमस्ते नेपाल ज्वेलरी खोलेका छन् । नमस्ते नेपाल ज्वेलरी बिहान ९ बजे देखि राति १० बजे सम्म हप्ताको सातै दिन खुल्ला रहने रहने छ l
स्याङ्जाका कृष्ण बहादुर श्रेष्ठ, विजय विक पोखराका रोहित गहतराज र चितवन सुनिल कँडेल मिलेर कतारमा “नमस्ते नेपाल ज्वेलरी सुन चाँदी दुकान सञ्चालनमा ल्याएका हुन् l नेपालीहरूको बाक्लो बस्ती रहेको सनैया एरिया नजिक रहेको ज्वेलरीमा ग्राहकहरूका लागि पर्याप्त पार्किङ सुविधा रहेको छ ।
नेपालका ख्याति प्राप्त नेपाली कालिगडहरुबाट बनाइने सुन चाँदी का गहना सोही पेसामा लामो समय बिताएका व्यावसायिको अनुभव कारण हर ग्राहक खुशी बनाउन र शत प्रतिशत ग्यारेन्टी हुने सञ्चालक कृष्ण श्रेष्ठ बताए ।
ग्राहकको सुविधाका लागि कतारमा किनेको कुनै पनि गहना पोखरा न्युरोड र सिर्जना चोकमा रहेको ऑधीखोला सुन चाँदी दोकान, स्याङ्जा र वालिङमा रहेको प्रितम सुनचाँदी दोकानमा समेत बिल र कतारी आइडी सहित पुगेमा अन्य सुविधा लिन सकिने छ । साथै सुन चाँदीका गहना खरिद गरेमा विशेष छुट हुने छ ।
दोहा कतारबाट टाढा रहेका ग्राहकका लागी सुनको दररेटको आवश्यक जानकारी तथा गरगहनाका बारेमा जानकारी लिन फोन नम्बर ३१०००७८१ वा ह्वाट्सएपमा समेत सम्पर्क गरी बुझेर आउन सकिने सुविधा रहेको छ ।