
काठमाडौं । गैरआवासीय नेपाली संघको शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म हुने महाधिवेशन उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिसकिएको विनोद कुँवरले जानकारी दिएका छन् ।
उच्चस्तरीय समन्वय समितिका सदस्य विनोद कुवँरले र उक्त कुराको जानकारी गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको बताए।
समितिका सदस्य विनोद कुवँरले अब गैर आवासीय नेपाली संघको एकता अधिवेशन कुनैपनी हालतमा रोकिँदैन । अधिवेशनका लागि विदेशबाट सयौंको संख्यामा प्रतिनिधिहरु काठमाडौं आइसकेको र निर्वाचनको सम्पुर्ण तयारीका सकिएको अबस्थामा अधिवेशन रोक्नु भनेको लाखौं-लाख गैरआवासीय नेपालीहरुको भावनामा खेलबाड गर्नु हो । हामी त्यसो गर्न सक्दैनौ त्यसो गर्नु सर्वोच्चको परमादेश र न्यायलयको अवहेलना गर्नु हो ।
हामीले सर्वोच्च अदालतको परमादेशकै आधारमा एकता महाधिवेशन गर्न लागेको हो। ३१ सयभन्दा धेरैले प्रतिनिधिका लागि आवेदन दिइसक्नुभएको छ,’ उनले भने, ‘मुद्धामाथी मुद्धा हालेर अलमलमा पार्न खोज्नेहरुको अलमलमा नपर्न म सबै प्रतिनिधिसँग आग्रह गर्दछु। विधिवत तरिकाले हुन लागेको एकता महाधिवेशनलाई सबै मिलेर सफल पार्न आग्रह गरे ।
अधिवेशनको उद्धाघाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बोलाइसकिएको बताउँदै कुँवरले प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्रीलाई पनि आमन्त्रण गरिने बताए। प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि अधिवेशनमा बोलाइने उनको भनाइ छ।