
दोहा :- नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवस मनाउने भएको छ ।
सन् : २००६ मा कतारमा स्थापना गरिएको महासंघले आगामी मे १६ तारिख शुक्रबारका दिन ‘नेपाली राजदुतावासको सभाहलमा’ मनाउन लागेको हो ।
स्थापना दिवसको अवसरमा महासंघले नेपाली राजदुतावास कतारको सहकार्यमा समाजिक सुरक्षा कोष र पुनः श्रम स्वीकृति सम्बन्धि विशेष प्रशिक्षण रहेको शाखाका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्था, र व्यक्तित्वहरुलाई विभिन्न माध्यमबाट निमन्त्रणा प्रेषित गरिएको पत्र कुनै कारणवश पुग्न नसकेको भए यसै आव्हानलाई स्वीकार गरी उपस्थित भई दिन सम्वन्धित सबैमा हार्दिक अनुरोध गरिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार