२०८२ असोज २७ गते सोमवार | 2025 October 13th Monday

प्रवासमा मनाइदै ३२ औ मदन–आश्रित स्मृति दिवस

काठमाण्डौ : प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी कानुन विभागको आयोजनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस विविध कार्यक्रम गरि मनाइने भएको छ ।

सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली”भन्ने मुल नाराका साथ स्थापना गरिएको मञ्चले नेकपा एमालेका महासचिव शंकर पोखेलको प्रमुख आथित्यमा ३२ औ मदन–आश्रित स्मृति दिवस मनाउन लागेको हो ।

आगामी जेठ ३ शनिवार (मे १७ २०२५) का दिन,नेपाली समय साँझ ५ बजे देखि जुम अनलाइन मार्फत औपचारिक रुपमा सुचारु हुने, मञ्च अन्तर्राष्ट्रिय कमिटीका उप-सचिव तथा प्रचार बिभाग प्रमुख चानख पोख्रेलले जानकारी गराए ।

कार्यक्रममा जोडिनको लागि जुम आइडीः ८४३० ८११ ०५९९ र पासवर्डः २८५९१३ रहेको समेत पोख्रेलले जानकारी गराए ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

हरेक वर्ष जेठ ३ गते विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाइदै आएको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस