२०८२ जेष्ठ १६ गते बिहिवार | 2025 May 29th Thursday

गणतन्त्र दिवस अवसरमा भावनात्मक अनुभूति आजको आवश्यकता : राजदूत पौडेल

दोहा, कतार – नेपाली दूतावास, दोहा कतारमा १८ औँ गणतन्त्र दिवस मनाईयो । गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष समारोहमा गणतन्त्रको महत्व, सामाजिक न्याय र श्रमिकहरूको सम्मानका विषयमा विशेष जोड दिइएको थियो ।

कार्यक्रमको सभापति तथा नेपाली दूतावासका महामहिम राजदुत रमेश चन्द्र पौडेलले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै भने, “तन्त्र र व्यवस्था फेरिए पनि अवस्था फेर्नको लागी सम्पूर्ण नेपाली जनताहरूले नेपालको नेतृत्व गर्ने नेताहरूलाई भोट मात्र होइन सतर्कता र सावधानी अपनाउनका लागि चेतनशील भएर व्यवहारमा समेत परिवर्तन गर्नु पर्ने आवस्यकता रहेको बताएका थिए ।

उनले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई गणतन्त्रको सन्देश भावनात्मक रूपमा अनुभूत होस् भन्ने आशा व्यक्त गर्दै, दूतावासले नेपाली श्रमिकहरूप्रति गरिने व्यवहारमा सम्मान र संवेदनशीलता अपनाउनुपर्ने कुरामा पनि जोड दिए।

कार्यक्रममा विभिन्न वैचारिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सक्रिय अभियन्ताहरूको उपस्थिति रहेको थियो। बैचारिक वक्ताहरूले एक आपसमा छेडखानी समेत गर्न भ्याए । कार्यक्रमको बीचमा नेपालमा भएको एनआरएनएको एकता अधिवेशन त सर्वोच्च अदालतले गरेको फैसला र परराष्ट्र मन्त्रालयले दूतावास कतारलाई पठाएको पत्र कार्यान्वयन बिषयले केहि बेर कार्यक्रममा अवरोध सृजना भएको थियो ।

 नेपाली समाजमा सुसंस्कृत लोकतान्त्रिक अभ्यासको आवश्यकता औंल्याउँदै, जनतामा जागरूकता र उत्तरदायित्वको भावना विकास गर्नुपर्नेमा जोड दिएका थिए।

 नेपाली दूतावास, दोहाले आयोजना गरेको कार्यक्रममा श्रमिक समुदायका प्रतिनिधिहरू, वैचारिक अभियन्ता, समाजसेवी तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन प्रथम सचिव कृषि क्षेत्रीले गरेका थिए।।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस